संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत आवश्यक्ता पूर्ति गर्न विभिन्न प्रकारका कर्जाहरु सदस्यहरुका माझ ल्याएको छ । उल्लेखित कर्जा सुविधा सदस्यहरुले उपयोग गर्न चाहेमा आफ्नोपनको आभास हुने गरी सेवा उपलब्ध गराउन संस्था सदैव प्रतिवद्ध छ ।

१) हायरपर्चेज ऋण :
नयाँ वा प्रयोगमा आई सकेका सवारी साधनका साथै कम्पूटर, फ्रिज, वासिङ्ग मेसिन, टेलिभिजन जस्ता सामानहरु घरायसी प्रयोजनका लागि खरिद गर्न संस्थाले हायरपर्चेज लोनको रुपमा वित्तिय सहयोग उपलब्ध गराउँदछ । लचिलो कर्जा अवधि, भुक्तानी विकल्प तथा आकर्षक व्याजदर यस्का विशेषताहरु हुन् ।

२) आवास ऋण :
झंझट रहित, छिटोछरितो प्रकृया मार्फत कर्जा स्वीकृति, सहज र लचक भुक्तानी प्रकृया, आकर्षक व्याजदर जस्ता विशेषता सहित जग्गा खरिद, घर खरिद, घर निर्माण, पुर्ननिर्माणका लागि आवास कर्जा योजना ल्याइएको छ ।

३) व्यवसायिक ऋण :
साना तथा मझौला उद्यमीहरुलाई खुद्रा तथा थोक कारोबार गर्न, घरेलु उद्योग संचालन गर्न, उत्पादन तथा सेवासँग सम्बन्धित अन्य व्यवसाय संचालन गर्न उपलब्ध गराइने कर्जा व्यवसायिक कर्जा अन्तर्गत पर्दछन् । संस्थाले सदस्यहरुको आयआर्जन बढ्ने, रोजगारीको अवस्था सृजना गर्ने, नेपाली उत्पादनको बजार विकास र विस्तारमा योगदान पुर्‍याउने खालका व्यवसायलाई प्राथमिकता दिई सदस्यहरुलाई व्यवसायिक कर्जा उपलब्ध गराउने गरेको छ ।

४) आवधिक बचत ऋण :
संस्थामा थोरै थोरै रकम जम्मा गरेर भविश्यका लागि संचित गरेको रकम वा आवधिक निक्षपबाट तत्कालीन आवश्यकता पुरा गर्न जम्मा भएको वचत, निक्षपबाट ९० प्रतिशत सम्म लगानी गरिने कर्जा यस अन्र्तगत पर्दछ ।

५) कृषि ऋण :
कृषि जन्य वस्तुको उत्पादन तथा व्यवसाय, पशु तथा पंक्षीजन्य वस्तु उत्पादन र व्यवसाय, फलफुल, तरकारी आदिसँग सम्बन्धित विषयमा लगानी हुने कर्जा यस अन्तर्गत पर्दछ । सहुलियत पूर्ण व्याजमा, किस्ता र समयसीमा मा लचक भई यस्तो कर्जा लगानी गर्ने गरिएको छ ।

६) व्यक्तिगत ऋण :
यो बहुउद्देश्यीय प्रयोजन वा व्यक्तिगत घरायसी कार्यमा प्रयोग गर्न सकिने ऋण हो । सदस्यहरुले आफ्नो स–साना वित्तिय आवश्यकताहरु, भै परी आउने समस्याहरु, खरिद विक्री प्रयोजन, औषधि उपचार, भ्रमण, शैक्षिक प्रयोजन, विवाह, ब्रतबन्ध जस्ता कुनै पनि कार्यमा वित्तिय आवश्यकता भएमा संस्थाबाट सहज रुपमा सहयोग प्राप्त हुन्छ ।

७) हिलटप सजिलो शेयर जमानत ऋणः
कुनै पनि बैंक वित्तीय संस्था, हाईड्रोपावर, विमा कम्पनीहरु, होटल, पर्यटन, उद्योग, कलकारखानाहरुको शेयर धितोपत्र वोर्ड मार्फत आईपिओ वा एफपिओमा लगानी गर्न छोटो अवधिको लागि सरल ढंगबाट, सहुलियत पूर्ण व्याजदरमा लगानी गरिने कर्जा यस अन्तर्गत पर्दछ ।

८) शैक्षिक ऋणः
नेपाल भित्र वा बाहिर आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन चाहने सदस्य वा आफै लिन चाहने सदस्यलाई वित्तीय सहयोग आवश्यकता भएमा संस्थाबाट यो सुविधा लिन सकिने व्यवस्था मिलाईएको छ । अचल सम्पत्ति धितो राखि विद्यार्थी भर्ना गर्न वा फिस तिर्नको लागि यस्तो कर्जा लिन सकिने व्यवस्था मिलाईएको छ । यस योजनामा सदस्यले कर्जा उपयोग गरेको अवधि सम्म व्याजमात्रै तिर्दा पनि हुने व्यवस्था गरिएको छ ।

९) युवा स्वरोजगार कोष ऋणः
युवा तथा साना व्यवसायि स्वोरोजगार कोषले तोकेको योग्यता पुगेका, संस्थामा आवद्ध वेरोजगार सदस्यहरुले कोषबाट उपलब्ध गराइएको रकम उपलब्धताको आधारमा सहुलियत पूर्ण व्याजदरमा यो कर्जा उपलब्ध गराइन्छ ।

१०) समृद्धी वचत ऋण :
सदस्यलाई समृद्ध बनाउने योजना अनुसार संस्थाले यो ऋण योजना ल्याएको छ । ऋण गरेर पनि समृद्ध बन्न सकिन्छ भन्ने मान्यता संस्थाले राखेको छ । समृद्ध सदस्य वचत योजनामा सहभागिहुन चाहने तर वचत गर्ने रकमको अभाव भएका सदस्यहरुको लागि संस्थाले वचत रकमको शतप्रतिशत रकम मासिक किस्तबन्दीमा सावाँ तथा सोको व्याज नियमित रुपमा तिर्ने शर्तमा एक वर्ष देखी पाँच वर्ष अवधि सम्मको लागि यस्तो कर्जा उपलब्ध गरानेछ । यस्तो कर्जामा संस्थाले कुनै प्रकारको सेवा शुल्क लिने छैन ।

 आधारभुत विशेषताहरुः

  • कुनै जात, वर्ण, वर्ग, लिङ्ग, धर्म, पेसा, रानजैतिक आस्था आदिका आधारमा भेदभाव रहित ।
  • साना वा ठूला लगानीकर्ता भनी भेदभाव नगर्ने ।
  • नयाँ वा पुराना सदस्य भनी भेदभाव नगरिने ।
  • व्यक्तिगत सामूहिक जमानीका आधारमा पनि कर्जा उपलब्ध हुने ।
  • सदस्यको घर दैलोमा नै कर्जाको किस्ता तिर्न सक्ने सुविधा भएको ।
  • सरल व्यवस्थापकीय प्रकृयाबाट कम कागजी झंझट ।
  • घट्दो व्याजदरमा व्याज गणना हुने ।
  • ठिक ठिक समयमा कर्जाको किस्ता तिर्ने गरेमा थप व्याज छुटको व्यवस्था भएको ।
  • असल ऋणीलाई वार्षिक रुपमा सम्मान गर्ने गरिएको ।
  • असल ऋणीलाई तिरेको व्याजका आधारमा थप बोनसको व्यवस्था गरिएको ।

ऋण माग गर्दा पेश गर्नुपर्ने कागजातहरुः

  • संस्थाले तोके बमोजिमको ऋण फारम भर्नुपर्ने ।
  • नेपाली नागरिकताको प्रतिलिपि ।
  • हालसालै खिचेको पिपि साइजको फोटो ।
  • सदस्यताको प्रमाणपत्र ।
  • व्यक्तिगत वा सामूहिक जमानी दिने व्यक्तिको नागरिकता, शेयर प्रमाण–पत्र, फोटो र खाता विवरण ।
  • धितो दिने जग्गाको लालपूर्जा र लिखतको सक्कल ।
  • प्रमाणित ब्लु प्रिन्ट र ट्रेश नक्सा ।
  • घर, जग्गाको तिरो तिरेको रसिद ।
  • ऋण सदुपयोग परियोजना स्कीम ।
  • आयश्रोतका कागजात सहित संस्थाले आवश्यक ठानेको अन्य कागजातहरु ।

ऋण माग गर्दा ध्यान दिनुपर्ने कुराहरुः

  • ऋण माग गर्ने व्यक्ति संस्थाको सदस्य भएको हुनु पर्ने ।
  • अनिवार्य नियमित वचत खातामा नियमित रुपमा रकम जम्मा गरेको हुनुपर्ने ।
  • यस अघि ऋण लिएको भएमा ऋण चुक्ता भएको प्रमाण पेश गरेको हुनुपर्ने ।
  • अन्य बैंक वित्तीय संघ संस्थाबाट ऋण लिई कालोसुचीमा नपरेको हुनुपर्ने ।
  • आफूले लिन चाहेको ऋणको कम्तीमा ५ प्रतिशतको शेयर खरिद गरेको हुनुपर्ने ।

ऋण लगानी प्रकृयाः

  • सदस्यको ऋण माग गरेको निवेदन दर्ता ।
  • निवेदन ऋण उपसमितिमा पेश हुने ।
  • ऋण उपसमितिबाट ऋणी संग छलफल तथा ऋणीका बारेमा अध्ययन ।
  • लगानीको लागि उपयुक्त देखिएमा व्यवसाय, घर, धितो निरीक्षण ।
  • ऋण उपसमितिको निरीक्षण प्रतिवेदन ।
  • क्षेत्राधिकार भित्रको ऋण भएमा लगानी गर्ने निर्णय र क्षेत्राधिकार बाहिरको भएमा संचालक समितिमा लगानी सिफारिस ।
  • रु. १० लाख माथिको कर्जामा इन्जिनियरिङ मूल्याङ्कन गराउनुपर्ने ।
  • संचालक समितिको बैठक र निर्णय ।
  • धितो दृ.व. रोक्का ।
  • आवश्यक तमसुक गरी ऋण प्रवाह ।
shares