सुमनविक्रम थापा

नीति, विधी, प्रविधी र दक्ष जनशक्तिलाई संस्था विकासको मुल आधारको रुपमा लिँदै सहकारी शिद्धान्त, मुल्य तथा मान्यतामा आधारीत भएर अघि बढेमा मात्र सदस्यहरुको दिगो आर्थिक, सामाजिक तथा संस्कृतिक विकास सम्भव छ भन्ने कुरालाई यस संस्थाले आत्मसाथ गरेको छ । संस्थामा उपलब्ध सेवाहरु सदस्यहरुले सहज र सरल ढंगबाट प्रयोग गर्न सक्नेगरी सहकारी क्षेत्रमानै नविनतम प्रविधीहरुको प्रयोग गरिएको छ । सदस्यहरुले घरमै बसेर आफ्नो मोबाइलको सहायतामा संस्थामा उपलब्ध अनेकौं सेवाहरुको प्रयोग भरपर्दो तरिकाले गर्न सक्नेगरी प्रविधीको विकस गरिएको छ । संस्थालाई वित्तिय क्षेत्रमा हुने प्रतिस्पर्धाको निम्ति हरतरहले सक्षम बनाउन लागिपरिएको छ । संस्थामा आवद्ध प्रत्यक सदस्यले अपनत्व महसुस गर्ने वातावरण निमार्णमा संस्थाको व्यवस्थापन टिम क्रियाशिल रहेको छ ।
नेपालकै नमुना सहकारी बन्ने संस्थाको दिर्घकालिन योजना अनुरुप नमुना संस्था बन्ने योजनालाई सार्थक बनाउनका लागि त्यसका मुख्य आधारका रुपमा सदस्यको समृद्धीसंगै सदस्यको सन्तुष्ठीलाई नमुना सहकारीको मापनको मुख्य आधार बनाइएको छ । सदस्य सन्तुष्ठिका लागि संस्थाले प्रत्येक सदस्यलाई निरन्तर रुपमा सहकारी शिक्षा तथा तालिम कार्यक्रमहरु संचालन गरी सदस्यहरुलाई सुसुचित गराउने गरेको छ । प्रत्येक कार्यक्रमहरु निमार्ण र कार्यान्वयन तहमा सदस्यको सहभागिता सुनिश्चित गर्दै नीति निमार्ण र निणर्य प्रकृयामा सदस्यहरुले प्रजातान्त्रीक विधीबाट आफ्ना मतहरु व्यक्तगर्ने जस्ता कुराहरुमा जोड दिइएको छ । सहकारी संस्थाको सदस्य नभई सदस्यको सहकारी बनाउने तर्फ व्यवस्थापन क्रियासिल रहेको छ । हरेक सदस्यले हाम्रो संस्थामा मेरो भविश्य उज्वल छ भन्ने अनुभुती गर्नेगरी संस्थाको विकास गर्न लागि परिएको छ ।
संस्थाले आजका दिन सम्म आइपुग्दा जुन उचाई र सफलता प्राप्त गरेको छ त्यसका लागि कडा परिश्रम गर्ने कर्मचारीहरु र हरतरहले सहयोग गर्ने संचालक समितिलाई धन्यवाद ब्यक्त गर्दै सहकारीका माध्यमबाट समृद्धीका लागि सहकार्यगर्ने हातहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
सुमनविक्रम थापा
प्रबन्ध संचालक

shares