सदस्यहरुका बिचमा छरिएर रहेको स–साना पूँजीलाई एकत्रित गरी जम्मा भएको पूँजी सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक विकासमा सघाउ पुर्‍याउन तथा तरलताको स्थिति मजबुत पार्न संस्थाले सदस्यहरुको लागि बचत कार्यक्रम ल्याएको छ ।

१) अनिवार्य नियमित बचतः
“सबैका लागि सँधैका लागि” भन्ने संस्थाको मूल ध्येयलाई आत्मसाथ गर्दै संस्थाको सदस्यता त्याग नगरुन्जेल सम्म अनिवार्य रुपमा तोकिएको न्यूनतम रकमबाट नघटाई हरेक महिना अनिवार्य रुपमा जम्मा गर्नै पर्ने बचत रकमलाई अनिवार्य नियमित बचत भनिएको छ । सदस्य भएर पनि यो बचत कार्यक्रममा सहभागी नहुने सदस्यलाई संस्थाले निस्कृय सदस्य भनी छुट्याउने र निस्कृय सदस्यबाट सस्थाको विकासमा योगदान नपुग्ने हुँदा यस कार्यक्रममा सहभागी नजनाउने सदस्यलाई कर्जा सुविधा लगाएत अन्य सुविधा उपलब्ध गराउन संस्था बाध्य नहुने नीति सस्ंथाले बनाएको छ । यस कार्यक्रममा नियमित रुपमा सहभागि जनाउने सदस्यहरुलाई पुरस्कृत गर्ने, थप नगद लाभांस उपलब्ध गराउने, अन्य वचतको तुलनामा अधिकतम व्याज उपलब्ध गराउने जस्ता विशेषता यस वचतमा रहेको छ । संस्थाको विभिन्न समिति, उपसमितिमा रहि कार्य गर्नको लागि पनि यो बचत अनिवार्य रुपमा गर्नै पर्ने बाध्यकारी व्यवस्था गरिएको छ । यो वचत मासिक रु.१००/– देखी १,०००/– सम्म वचत गर्न सकिन्छ ।

२) साधारण बचतः
सबै सदस्यहरुको लागि उपयुक्त तथा आर्कषक रुपमा बचत सुरक्षित राख्ने उद्देश्यले जिरो व्यालेन्समा खाता संचालन गर्न सकिने गरी यो साधारण बचत योजना ल्याइएको हो । यसमा जति पनि रकम राख्न र झिक्न पाउने, निशुल्क पे–शिल्प उपलब्ध गराउने विशेषताहरु रहेकाछन् ।

३) दैनिक बचतः
साना व्यापार व्यवसाय गर्ने सदस्यहरुलाई लक्षित गरी सदस्यहरुको आय आम्दानीको अनुपातमा सदस्यहरुको घर दैलोमा नै गई रकम संकलन गरी गरिने बचत योजनालाई दैनिक बचत भनिएको छ । यस्तो बचत खाता रु. १००/– बाट संचालन गर्न सकिनेछ ।

४) आवधिक बचतः
३ महिना, ६ महिना १ वर्ष, २ वर्ष र ३ वर्ष सम्मको अवधिका लागि न्यूनतम ५०००/– देखि माथि रकम जम्मा गरी खाता संचालन गर्न सकिन्छ । यस आवधिक बचत खातामा अवधिको आधारमा आकर्षक व्याज प्रदान गर्ने गरिएको छ ।

५) खुत्रुके बचतः
सदस्यहरुले आफ्ना बालबालिकालाई सानै उमेरदेखि बचत गर्ने बानीको विकास गराउन, बालबालिकाले पनि बचत भनेको के हो, बचत गर्न किन आवश्यक छ र बचत कसरी गर्न सकिन्छ भन्ने बारेमा अभिभावकको सहयोगमा जान्न पाउदा भविष्यमा वचतको महत्व बुझ्ने र जीवनलाई वित्तीय हिसावले सरल, सहज बनाउन सक्छन् भन्ने उद्देश्य राखी यो कार्यक्रम संचालनमा ल्याइएको हो । यो कार्यक्रमलाई सफल बनाउन अभिभावको ठूलो भूमिका हुने हुँदा सदस्यको बचत प्रतिको बुझाईमा परिवर्तन आउन जरुरी छ । आफ्ना बालबालिकालाई दैनिक रुपमा जम्मा भएको खुद्रा वा कुनै चाड पर्वमा बालबालिकाले जम्मा गर्ने स–साना रकमलाई चक्लेट, चाउचाउ, कुरमुरेहरु जस्ता स्वास्थको लागि आनिकारक वस्तुमा खर्च गर्न रोकी तिम्रो भविश्य निर्माणको लागि गरेको बचत भनी बुझाउन सक्दा बालबालिकामा सकारात्मक परिवर्तन आउने देखिएको छ । यस वचत कार्यक्रममा सहभागी हुन रु. २००/– मा खाता संचालन गर्न सकिन्छ । यस कार्यक्रममा सहभागी भए बापत संस्थाले १ थान खुत्रुके निःशुल्क उपलब्ध गराउँदछ भने उत्कृष्ठ ३ जना बालबालिकालाई नगद पुरस्कार सहित सम्मान गर्ने र जन्म दिनमा संस्थाबाट केक उपहार सहित शुभकामना प्रदान गर्ने गरिएको छ ।

६) जेष्ठ नागरिक बचतः
संस्थाले ६० वर्ष उमेर नाघेको सदस्यहरुको सम्मानमा यो वचत खाता संचालनमा ल्याएको हो । जेष्ठ सदस्यले आफ्नो जीवनको बाँकी समयलाई सहजता पूर्वक व्यतित गर्न सघाउ पुगोस् भन्ने हेतुले यो कार्यक्रम तय गरिएको छ । बचत खातामा जम्मा भएको रकममा संस्थाले आकर्षक व्याज उपलब्ध गराउने गरेको छ ।

७) नारी  बचतः
महिलाहरुमा सृनजशीलताको विकास निर्माणमा टेवा पु¥याउने, सक्षमता अभिवृद्धि भएमा नारी स्वाभिमानमा समेत सकारात्मक प्रभाव पर्ने देखि यो नारी स्वाभिमान वचत कार्यक्रम संचालनमा ल्याईएको छ । दैनिक जीवनमा अनेकौ भूमिकामा प्रस्तुत हुनुपर्ने नारी अन्ततः आर्थिक अभावका कारणले गर्दा नै स्वाभिमान धरापमा पारी अनेकौ कुन्ठा सहेर बाँचिरहनु पर्ने वाध्यताका विच संस्थाले त्यस प्रकारका नारीहरुको जीवनमा यस वचत कार्यक्रमले सकारात्मक प्रभाव पुर्‍याउन सक्दछ भन्ने ठानेको छ । यस कार्यक्रममा सहभागी महिलालाई साना व्यवसाय गर्नको लागि सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने गरेको छ । बचत कसरी गर्ने, किन गर्ने, भएको बचतलाई कसरी जीवन उपयोगि बनाउन सकिन्छ भन्ने बारेमा निःशुल्क परामर्श समेत उपलब्ध गराउँदै आएको छ ।

८) हिलटप कर्मचारी सुरक्षा बचतः
संस्थामा कार्यरत कर्मचारी र संस्थामा आवद्ध सरकारी, गैह्र सरकारी संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको वचत योजना हो । यस कार्यक्रममा सहभागी सदस्यलाई निःशुल्क पे–शिल्प उपलब्ध गराउने र आकर्षक व्याज उपलब्ध गराउने गरिएको छ ।

९) सदस्य समृद्धि वचत योजना Member Prosperity Saving Plan(MPSP)  :

मानिसहरुले पैसा कमाउछन् र बचत पनि गर्छन् तर सामान्य आर्थिक ज्ञानको अभावमा उनीहरुको बचत ईन्छा अनुरुप बढ्दैन र भविष्यमा काम लाग्ने गरी उपयोग गर्न पनि सकिदैन । यो कुरालाइ दृष्टिगत गरी संस्थाले थोरै मेहनत र थोरै लगानीबाट उच्चतम प्रतिफल हासिल हुने गरी “सदस्य समृद्धि वचत योजना” संचालनमा ल्याएको छ ।

वचतका विशेषताः

  • रु.५० हजार देखी माथी २लाख ५० हजार सम्म लगानी गर्न सकिने ।
  • लगानीको करीव तेब्बर रकम बराबरको जीवन विमा हुने ।
  • लगानी रकमको ९०० प्रतिशत अर्थात वार्षिक ६० प्रतिशतले बृद्धिहुने र १५ वर्षमा एकमुष्ठ १० गुणा फिर्ता हुने ।
  • कानुनी दायराभित्ररही शतप्रतिशत सुरक्षित र ग्यारेन्टी भएको ।
  • एकमुष्ठ लगानी रकम नभएका व्यक्तिहरुको लागी EMI तिर्ने गरी कर्जाको व्यवस्था भएको ।
  • एक वर्षमा एक दिन मात्र समय दिएपुग्ने ।
  • परिवारको सुनौलो भविष्य निमार्ण गर्न योगदान पु¥याउने ।
  • बुढेसकालको सहाराको रुपमा लिन सकिने ।
  • स्वरोजगार, उद्यमी व्यवसायी, नीजि क्षेत्रमा कार्यरत व्यक्तिहरुको लागि पेन्सनको रुपमा प्रयोग गर्न सकिने ।

बचत सेवाहरुको आधारभूत विशेषताहरुः

  • भेदभाव रहित सेवा ।
  • नियमित बचत र आवधिक बचतमा ९० प्रतिशत सम्म ऋण सुविधा ।
  • संस्थाका कर्मचारीहरु मार्फत आफ्नै घर वा पाएक पर्ने स्थानबाट रकम झिक्न र जम्मा गर्ने सुविधा भएको ।
  • नियमित बचत खातामा सहभागी सदस्यलाई दुर्घटना विमा सुविधा भएको ।
  • दैनिक मौज्दातमा व्याज गणना हुने ।
  • मोवाईल रिचार्ज, बिल भुक्तानीहरुमा प्रयोग गर्न सजिलो ।
  • उत्कृष्टताको आधारमा सम्मान गर्ने व्यवस्था रहेको ।
  • बचतमा प्राप्त व्याजको आधारमा थप बोनस सुविधा उपलब्ध भएको ।
shares