त्यस सहकारी संस्थामा वचत गर्न के गर्नु पर्दछ ?

सहकारी संस्थामा अन्य बैंक तथा वित्तिय संस्थामा जस्तो वचत खाता खोलेर सिधै वचत गर्न सकिदैन । पहिला सदस्य बन्नु पर्दछ । त्यसपछी मात्र वचत खाता संचालन गर्न सकिन्छ ।

सदस्य बन्न के गर्नु पर्दछ ?

यस सहकारी संस्थामा सदस्य बन्न संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरिरहेको आधार खुल्ने कागजातको साथमा नागरिकताको प्रमाणपत्र प्रतिलिपी र तीन प्रति फोटोको साथमा संस्थाले तयार गरेको सदस्यता फारम भरी आवेदन दिनु पर्दछ । आवेदन दिएपछी संस्थाको संचालक समितिले आवश्यक छानविन गरी सदस्यता दिने भन्ने निणर्य गरेपछी प्रवेश शुल्क र खरिद गर्न चाहेको शेयर रकम जम्मा गर्नु पर्दछ ।

संस्थाको कार्यक्षेत्र कहाँ सम्म हो ?

संस्थाको कार्यक्षेत्र हाल काठमाडौं जिल्लाभरी रहेको छ । संस्थाको साधारणसभाबाट कार्यक्षेत्र विस्तार गरी ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, रामेछाप र सिन्धुली जिल्ला सम्म विस्तार गर्ने निणर्य गरेको छ ।

बसोबासको आधार खुल्ने कागजात भनेको के हो ?

बसोवासको आधार खुल्ने कागजात भनेको नागरीकता वा जग्गाधनी पूर्जा वा वसाईसराईको प्रमाण वा व्यवसाय दर्ताको कागजात वा संस्थाको कार्यक्षेत्र भित्र नोकरी गरिरहेको प्रमाण वा वडा कार्यालयको सिफारिस आदी मध्ये कुनै एक ।

अरु सहकारी संस्थामा सदस्य भई खाता खोलेको मान्छेले यस सहकारी संस्थामा सदस्य बन्न पाउँछ ?

एकै जिल्लामा एकै प्रकृतिको सहकारी संस्थाको सदस्य भएको मान्छेले सदस्य बन्न पाउँदैन तर सहकारी संस्थाको सदस्य त्यागेको प्रमाणको साथमा आवेदन दिएमा भने सदस्य बन्न सक्दछ । कुनै पनि वचत तथा ऋण वा अन्य प्रकारको सहकारी संस्थाको सदस्य भएको मान्छेले यस संस्थाको सदस्य बन्न भने बाधा पुग्ने छैन ।

म सदस्य बन्दीन तर खाता मात्र खोल्छु नी हुन्न ?

तपाईले यस संस्थाको सदस्य नबनी वचत खाता मात्र खोल्न पाउने प्रावधान यस संस्थामा छैन ।

हामिकहाँ धेरै सहकारी संस्थाहरु खाता खोलिदेउ भनेर आउँछन तर उनिहरुले त शेयर सदस्य बन्नु पर्दछ भन्दैनन् तपाइहरुकहाँ मात्र शेयर किन्नु पर्ने किन ?

किनभने हाम्रो यो संस्था सहकारी ऐनलाई पूर्ण रुपमा पालना गर्दै सहकारी शिद्धान्त, मुल्य र मान्यतामा आधारीत भई संचालनमा रहेको संस्था हो । सहकारीमा ग्राहकले कारोवार गर्न पाउदैनन् सरकारी संस्थामा कारोवार गर्ने भनेको सदस्यले हो । सहकारीमा सदस्यहरुका बिचमा मात्र कारोवार गर्ने भएकोले कुनै पनि सहकारी संस्थाको सदस्य भएपछी मात्र कुनैपनि प्रकारका कारोवार गर्न पाईन्छ । यदी तपाईले कुनै संस्थामा सदस्य नबनीकन वचत गरिरहनु भएको छ भने त्यो सहकारी संस्था गैरकानुनी तरीकाले संचालन भएको छ भन्ने बुझनु पर्दछ । जुन सहकारी संस्थाले ऐन, नीति नियम भन्दा बाहीर कारोबार गरिरहेका हुन्छन त्यस्तो संस्थामा वचत गर्दा धेरै जोखिम हुन्छ । तपाईले गरेको वचत डुब्न पनि सक्छ । विगतमा धेरै सहकारी संस्थाहरुले ठगेर भागे भन्ने हामीले सुनेका छौं बजारबाट वचत तथा निक्षप उठाएर भाग्ने संस्था त्यस्तै सहकारीहरु हुन् ।

सदस्य बन्दैमा संस्था डुब्दैन भाग्दैन भन्ने आधार के छ ?

आधार छ । सदस्य बन्ने वित्तिकै तपाईको लगानी हुन्छ आफ्नो लगानीको सवैलाई मायाँ लाग्छ । जव सम्पतीको मायाँ लाग्छ सदस्यको खोजिनीति बढीनै हुन्छ । सहकारी संस्थाले सदस्यलाई साधारणसभामा बोलाउनुपर्ने हुन्छ सदस्यले त्यहाँ संस्थाको कारोबारको अवस्थाका बारेमा धेरै जानकारी पाउने हुन्छ । कारोवार विग्रिएको भएमा सर्पान वा संचालक समिति माथि नै अविस्वासको मत जाहेर गर्न सकिन्छ । जव सदस्यहरु संस्थामा आउने जाने, खोजिनीति गर्ने, प्रश्न उठाउने, गलत भएमा कार्यवाहीको लागि पहल गर्नेकाम हुन्छ त्यस्तो संस्थामा संचालक वा कर्मचारीहरुले धेरै बद्मासी गर्न सक्ने अवस्था रहन्न । हाम्रो संस्थामा सदस्यहरुका लागि नियमित तालिमहरु संचालन गरी सहकारीका बारेमा सुसुचित गराउने । सदस्यहरुका हक अधिकारका बारेमा निरन्तर जानकारी गराउने, समयमै साधारणसभा सम्पन्न गर्ने । सदस्यहरुको सहभागितामा संस्थाको लागि आवश्यक नीतिहरु निमार्ण गर्ने, सदस्यहरु मार्फत नै प्रजातान्त्रीक विधिमार्फत संचालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन गर्ने । संचालक समितिमा एउटै मान्छे पटक पटक निर्वाचित भएर आउन नदिने, जुनसुकै नयाँ काम गर्नुपूर्व नीति तथा निर्देशिका बनाएर सोही अनुसार मात्र कार्य प्रारम्भ गर्ने जस्ता अनेकौं विधीहरुको विकास गरेका छौं । समग्रमा संस्था नीति, विधि, प्रविधी र दक्ष जनशक्तिबाट सुसोभित भई सोही आधारमा संचालन गर्दा मात्र संस्था बलियो र विस्वास योग्यहुन्छ भन्नेमा हामी सचेत छौं ।

सदस्य बन्ने वित्तिकै मैले ऋण भिक्न पाउँछु ?

सदस्य बन्ने वित्तिकै तपाईले ऋण पाउनु हुन्न र सहकारी संस्थामा ऋणकै लागि सदस्य बन्ने र बनाउने गरिन्न । सहकारी संस्थामा सदस्य बनेको कम्तिमा तिन महिना बचत गरेपश्चात मात्र ऋण लिनको लागि योग्य भइन्छ । तर तिन महिना पुग्ने वित्तिकै ऋण पाईहालिन्छ भन्ने सुनिश्चितता भने हुँदैन ।

शेयरमात्र किन्न पनि पाहिन्छ होला नी ?

शेयरमात्र किनेर बस्न पनि पाहिन्न किनभने सहकारीमा सदस्य बन्ने भनेको वचत गर्न हो । यस संस्थाको सदस्य भएपछी सदस्यरहुन्जेल सम्म मासिक रुपमा कम्तिमा एक सय वचत गर्नुपर्ने हुन्छ । शेयर सदस्य त बन्ने तर वचत नगर्ने र सहकारी संस्थाले उपलब्ध गराएका अन्य सेवाको उपभोग पनि नगर्ने सदस्य निस्कृय सदस्य हुन्छ । निस्कृय सदस्यले संस्था र सदस्यको हितमा योगदान नपुर्‍याउने र नाफामा मात्र सहमागि हुनेहुँदा अरुले कमाएर किन निस्कृय सदस्यलाई खुवाउने भन्ने हुन्छ । यस संस्थामा त वर्षमा एक पटक पनि वचत नगर्ने र अन्य सेवा सुविधाको उपभोग पनि नगर्ने सदस्यलाई सदस्यता खारेज गरी संस्थाबाट हटाउने प्रावधान रहेको छ । अनि संस्थाबाट नहट्दा र सक्रिय नहुँदा सम्म शेयरमा कुनै प्रकारको लाभ नदिने हुनाले त्यस्तो सदस्यलाई घाटा लाग्ने हुन्छ ।

बस्न मन लागेन भने सदस्यता त्याग्न पाहिन्छ कि पाइदैन ?

पाईन्छ तर यस संस्थाको सदस्यता त्याग्न साधारणसभा सकिएको भोलिपल्टबाट चैत्र मसान्त भित्र फिर्ता जान सकिन्छ । चैत्र मसान्तदेखी साधारणसभा सम्पन्न नहुन्जेल सम्मको लागि भने सदस्यता त्याग्न नपाउने विषेश व्यवस्था गरिएको छ ।

संस्था मन पनि परेको छ । म संस्थाको कार्यक्षेत्र भित्र त बस्छु तर अलिक टाढा भयो संस्था मा वचत गर्न आउन अलिक समस्या हुनेभयो के गर्ने ?

सहकारी संस्थाको सदस्य बन्दा पाएकमा पर्ने नजिकको संस्था त रोज्नु पर्दछ तर यस संस्थाले अलि टाढा बस्ने सदस्यहरुको हितलाई ख्याल गर्दै विभिन्न प्रविधीहरुको विकास पनि गरेको छ । ईन्टरनेट बैंकिङ्ग, मोवाई बैंकिङ्ग सुविधाहरु पनि छन् त्यसता सुविधाहरुको प्रयोगबाट संस्थालाई आफ्नै खल्तिमा राखेरपनि संस्थाको सेवा सुविधाको प्रयोग गर्न सकिन्छ ।

होर निक्कै अनौठो कुरा गर्नुभयो । के के सुविधाको उपयोग गर्न पाहिन्छ ?

हामिले हिलटप जुनार नामको मोवाईल एप बनाएका छौं सो एपलाई आफ्नो मोवाइलमा राखेर आफ्ना बचत खाताको अवस्था हेर्न, ऋण वा शेयरको बारेमा जानकारी लिन, विजुली, खानेपानी र टेलिफोनको महसुल तिर्न, पसलमा सामान खरिद गरेको विल क्यूआर कोड मार्फत भुक्तानी गर्न, टेलिभिजन च्यानल, मोवाइल रिर्चाज गर्न, मनि ट्रान्सफर गर्न, विमाको प्रिमियम भुक्तानी गर्न अनि सहकारीको खाताबाट बैंकको खातामा र बैंकको खाताबाट सहकारीको खातामा रकम ट्रान्सफर गर्न पनि सकिन्छ ।

अनि अरु सुविधाहरु चाँही के के छन् सहकारीमा ?

सहकारीमा वचतका विभिन्न १० वटा प्रकार छन् भने ऋणमा पनि दश प्रकारकै सुविधाहरु रहेकाछन् । सुविधाको प्रयोगको लागि प्रविधीको कुरा त भइहाल्यो । सहकारी संस्थाले सदस्यहरुको उत्पादन विक्रि गर्नका लागि सहकारी पसल पनि संचालनमा ल्याएको छ । त्यस पसलमा सदस्यहरुले आफ्ना उत्पादन विक्रिका लागि राख्न सक्ने र उपभोक्ता सदस्यले पसलबाट स्वदेसी उत्पादनको उपभोग गर्न पनि पाउने व्यवस्था रहेको छ ।