संस्थाले उपलब्ध गराएका सेवा तथा सुविधाहरु सदस्यले आफु बसेकै स्थानबाट सहज रुपमा प्रयोग गर्न सकुन भन्ने उद्देश्यले हिलटप जुनार नामको मोबाइल बैंकिङ्ग एप निमार्ण गरी सोही एपको सहायतामा संस्थामा आफ्नो नाममा खाता खोली वचत गरेको रकम मोबाइलबाटै यूटिलिटी पेमेन्ट गर्न सकिने व्यवस्था गरेको छ । यूटिलिटी पेमेन्ट अन्र्तगत विद्युतको महसुल भुक्तानी, खाने पानी र टेलिफोनको महसुल भुक्तानी, टेलिभिजन च्यानल र ईन्टरनेटको चार्ज भुक्तानी गर्न सकिने छ । यसै एप मार्फत आफनो र अर्काको मोवाइलमा रकम रिचार्ज गर्न मिल्छ भने विभिन्न विमा कम्पनीहरुको प्रिमियम समेत मोवाइलबाटै भुक्तानी गर्न सकिन्छ । हिलटप एपमा क्यूआर कोड समेत राखिएको छ । सो कोड मार्फत विभिन्न पसलहरुमा गई सामान गरीद गरेको विलको भुक्तानी गर्न वा रकम प्राप्त गर्न सकिन्छ । कुनै सदस्यको खाताबाट रकम प्राप्त गर्न वा आफनो खाताबाट अर्को सदस्यको खातामा रकम ट्रान्सफर गरिदिन सकिन्छ । सदस्यहरुले संस्थाको आन्तरीक खाताको रकम ट्रान्सफर गर्ने मात्र हैन बैंकबाट संस्थाको खातामा र संस्थाको खाताबाट बैंकको खातामा मोबाइलबाटै रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध् गराएको छ । यूटिलिटी पेमेन्ट र रकम ट्रान्सफरका अतिरिक्त आफ्नो खाताको सम्पुर्ण विवरणहरु हेर्न समेत पाउने सुविधा यो एपमा उपलब्ध छ । सदस्यहरुले मासिक रुपमा जम्मा गर्नुपर्ने वचत जम्मा गर्न र ऋणको किस्ता बुझाउन समेत यसै एपको प्रयोगबाट गर्न सकिनेछ । संस्थाले प्रयोगमा ल्याएको यो हिलटप जुनार एप संचालन गर्न सहज र सुरक्षित रहेको छ ।