संस्थामा आवद्ध सदस्यहरुको हितका लागि यस संस्थाले विभिन्न विप्रेषण सेवा प्रदाएक कम्पनीहरु संग सम्झौता गरी विप्रेषण(Remittance)को कारोवार गर्न सकिने व्यवस्था मिलाएको छ । यस संस्थाबाट आईएमई, हिमाल, वेस्टर्नयूनियन, प्रभू, मनिग्राम, सिटिएक्सप्रेस जस्ता प्रख्यात कम्पनीहरुबाट विप्रेषणको कारोबार गर्न सकिन्छ । विप्रेषणको माध्यमबाट नेपालको कुनै एक ठाउबाट अर्को ठाउमा पैसा पठाउन र विदेशबाट समेत पठाइएको रकम सहजरुपमा प्राप्त गर्न सकिन्छ ।