धनकुटा जिल्ला गा.वि.स.वडा नं.९ बाट रोजगारीको लागि २०७१ सालको अन्त्यतिर काठमाडौं भित्रिएको म, यो अन्जान ठाउँमा मेरो आफ्ना आफन्त कोहि थिएनन् । भएकाले पनि चिन्ने कुरै भएन धनिका सबै हुन्छन् गरिबका कोही हुँदारहेनछन् भन्ने कुरा मैले रोजगारीको लागि काठमाडौंको सडकमा भौँतारिदा थाहा पाएको हुँ । ठूलाबडाको घर धाउने ढोका ढकढक्याउने त्यतिवेलाका मेरा दैनिकी थिए । गाउँको बसाई खेतिपात, मेलापात दु:खै दु:ख, सुखको कहिले अनुभुति नहुने । संधै दुख गर्यो तर वर्ष दिन खान पुग्ने कहिले होइन । गाउका बाठा टाठा सहर पसेकाछन् । चाड पर्व, त्यस्तै बेलामौका गाउँ फर्किएका गाउँले दाजुभाइको फुर्ति देखेर मेरो मन पनि सहरमा भौँतारिन थाल्यो । उनिहरुको सहरी लवजको वोलाई, लवाई, खुवाई ममात्र पो किन गाउमा अडिन सक्थेंर । एक दिन मैले पनि निधो गरें अव म सहर पस्छु । म पनि कुनै वेला फुर्तिका साथ लाहुरे बनेर गाउँ फर्किन्छु । मेरो मन गाउमा स्थिर नहुनुमा सहर पसेका ठिटाठिटीहरुको रहन सहनले मात्र आकर्षित गरेको थिएन । म संग मेरा आफ्नै बाध्यतहरू थिए । सायद विभिन्न बहानामा सहर पसेकाहरुको पनि मेरा जस्तै बाध्यता थिए । सरकारी विद्यालयको पढाई गुणस्तरको थिएन र आज पनि छैन । स्वास्थको अवस्था त झनै दयनियहुने भै हाल्यो । मेरो गाउको कृषि प्रणाँली एकदमै परम्परागत, जिविकोपार्जन ग र्नपनि धौ धौ । ग्रामिण भेगको बसाई अनि कृषकको पेशा, बा आमाले बेलैमा विवाह गरिदिए । विवाह संगै अव मेरो काँधमा परिवारको जिम्मेवारी थपिएको थियो । चारै तिर हेर्यो अन्धकारमय जिन्दगी । मेरा पनि सन्तान होलान । यही गाउँमा बसेर जिन्दगी बिताउँदा मेरो सन्तानको पनि भविष्य मेरो जस्तै अन्धकार नै होला । अंह, मैले मेरो र परिवारको भविष्य यसरी तहसनहस पार्नु हुन्न । म संग आस्रित सवैको भविष्यका लागि मैले सहर छिर्नै पर्छ । मैले निणर्य गरें र सहर पसें । सहर त एकदम विरानो रहेछ । देख्दा आफ्ना जस्तै लागेपनि सहरीयाहरुको बाध्यतानै पो हो की अन्जान जस्तै ब्यवहार गर्ने । मुखले ठिक्क पार्ने तर मनले कहिले भेट नहोस जस्तो गर्ने । भेट्ने जतिलाई भेटी सकियो अनुरोध गर्न कसैलाई बाँकी राखिएन । हुन्न कसैले भनेनन् तर मेरो भने बेहाल भईरहेको थियो । सरह पस्दा बोकेको खर्च पनि सकियो कहाँ जाने, के गर्ने । गाउँ फर्किउ कुन मुख देखाउने । गाउँ फर्कदा एकातिर मेरो मात्र हैन मेरा परिवारको सपनापनि तुहीने अर्कातिर के के न गर्छु भनेर हिंडेको मान्छे थुक्क जिन्दगी आफैलाई धिकार्न थालेँ । काठमाडौंमा उज्यालो भएपछी काम खोज्न हिंड्ने मेरो दैनिकी नै बनेको थियो । त्यो दिन पनि म कामको खोजिमा निस्कीएँ । शंखमुलमा संचालनमै रहेको एउटा होस्टलमा छिरेँ, काम दिनको लागि अनुनय गरें होस्टल साहुले मलाई काम दिने निधो त गरे तर मैले गर्नुपर्ने काम थियो भाडाँ माझ्ने, होस्टल सरसफाई गर्ने । तलव चार हजार महिनाको । म पढाई पनि कम भएको मान्छे ठुलो काम खोज्दा पाउने हैन । खल्तिमा भएको पैसा रित्तिई सकेको थियो । सहरमा बस्न र गाउलेको अगाडी ईज्जत जोगाउनैको लागि पनि मैले काम गर्नै पर्ने थियो । जस्तै काम भएता पनि लगनशीलताको साथ काम गर्ने मेरो बानी थियो । साहुको काम गरेको भएता पनि मैले आफ्नै काम ठानेर काम गर्ने बानीले मेरो होस्टल साहूसंग सम्बन्ध घनिस्ट बनेको थियो । काम गरेको नौ महिना भई सकेको थियो । मलाई काम गरेवापत साहुले महिनाको ६ हजार रुपौंया दिनथालेका थिय । बस्न खान होस्टलमा नै थियो । त्यति बेला सम्ममा मैले ३६ हजार रुपैयाँ जम्मा पारिसकेको थिएँ । अवत म सहरको रहनसहन संग पनि राम्रै घुलमिल भई सकेको थिएँ। मैले शंखमुलमा रहेको होस्टलको आसपासमा धेरै मानिसहरु संग हिमचिम बढाएको थिएँ। मैले एकदिन शंखमुलमै सुनको व्यवसाय गर्ने एकजना मान्छेसंग आफुसंग बचत भएको र उक्त रकम अलिक धेरै व्याज पनि दिने संस्थामा राख्ने बारे सोधखोज गरें । उनले तिमिले भनेजस्तो ब्याज पनि दिने र भरपर्दो संस्था त तिनकुनेमा छ नि, हिलटप जुनार बहुउद्देश्यीय सहकारी नाम गरेको संस्था रहेको जानकारी गराए । उनि त धेरैवटा सहकारी संस्थामा सदस्य बनेका रहेछन् तर जतिवटामा सदस्य भएको भएता पनि हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थामा नै सदस्यबन्दा राम्रो हुने उनको सुझाव पछि म आफु पनि त्यसै संस्थाको सदस्य बन्न आवश्यक कागजात लिएर गएँ । सुमन सर संग मेरो भेट सहकारी संस्थामा नै भएको हो । सहकारी संस्थामा बचत गर्न आएको कुरा जानकारी गराएपछी सदस्य भएपछी मात्र बचत गर्न पाइने कुराको जानकारी भयो । सुमन सरले १५ मिनेट जति समयमा सहकारी के हो ? सहकारी किन ? कस्ता मान्छे सदस्य बन्न सक्दछन् । सदस्य बनेपछी के हुन्छ । सदस्यको जिम्मेवारी कस्तो हुन्छ आदी जानकारी गराएपछी म सदस्य बन्ने भएँ र आफ्नो कमाई सहकारी संस्थामा नै बचत गर्न थालेँ। म सरसफाईको काम गर्ने भएतापनि होस्टल संचालन गर्ने बारे मैले धेरै कुरा जानीसकेको थिएँ । अवत होस्टल साहुले गाह्रो साह्रो पर्दा मलाई नै अह्राउ पह्राउ गरेर होस्टलको जिम्मेवारी दिन्थे सायद त्यो मेरो लगन र ईमान्दारीता प्रतिको विस्वास थियो । दैनिकी त्यसरी नै वित्दै थियो एक दिन अचानक होस्टल बन्द गर्न लागेको कुरा होस्टल मालिकले जानकारी गराए । अव फसाद पर्ने भयो सानो तिनो नै सहि काठमाडौंमा वस्ने एउटा आधार थियो त्यो पनि खोसिने भयो । मनमा चिन्ता बोकेर शंखमुलको त्यही सुनपसलमा गएँ साहुले होस्टल बन्द गर्न लागेको र आफ्नो रोजगारी पनि गुम्न लागेको कुरा बताएँ । तिमि त अनुभवि भै सक्यौ सुनपसलेले मलाई ईगित गर्दै भने साहुले बन्द गर्न लागेको भए त्यही ठाउँमा तिमि सुरु गर । म अलमलमा परें मैले होस्टल चलाउने ? हो तिमिले होस्टल चलाउने सुनपसलेको कुराले म तिलमिलाएँ । होस्टल त चलाउने तर होस्टल चलाउनत लगानी चाहिन्थो आफुसंग तेति धेरै पैसा नभएको कुरा सल्लाह गर्दा सुनपसलेले हिलटपको नाम लिदैं सहकारी संस्थामा सल्लाह गर्न जान र आवश्यक परे आफुले पनि सहयोग गर्ने कुरा भने । उन्को कुरा संग म धेरै हदसम्म सहमत भएँ, होस्टल साहुसंग पनि छलफल गरें उन्लेपनि तिमिचलाउने भए म पनि सहयोग गदर्छु भने सवै तिरको कुरा मेरो अनुकुल्तामा थियो ।अब कुरारह्यो लगानी जुटाउने म सहकारी संस्थामा पुगेँ र आफ्ना कुरा विस्तारमा राखें । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले मेरो सवै कुरा सुनिसकेपछी म जस्तै श्रम गर्ने मानिसहरुको लागि नै सहकारी खोलिएको कुरा जानकारी गराउँदै एउटा श्रमिकलाई मालिक बनाउन सहकारी संस्थाबाट सक्ने सहयोग गर्ने कुरा सुन्दा म धेरै खुसि भएँ । मैले सहकारी संस्था बाट एकै पटक तिनलाख रुपैंयाँ व्यवसायीक ऋण लिएँ । सहकारी संस्थाबाट लिएको ऋणले मैले ३० वटा लो बेड बनाएँ र होस्टलका लागि आवश्यक अन्य पूर्वाधार तयार गरें । हिजो सम्म श्रमिकको हैसियतमा सरसफाईको काम गर्ने मान्छे म आज हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको साथले एकाएक म ॐ काठमाडौं ब्वाईज होस्टलको मालिक भएँ । अव मैले मेरो व्यवसायमा सहयोग गर्नको लागि एक्लै नसक्ने भएँ मैले मेरो श्रीमतीलाई पनि गाउँबाट बोलाएँ । म श्रम गर्ने मान्छे साहु बन्छु भन्ने त कल्पना सम्म पनि थिएन । भाग्यले साथ दियो हिलटप सारथी बन्यो । अहिले म र मेरो पत्नि बाहेक थप तिन जना मान्छेलाई मैले रोजगार दिएको छु । अहिले मेरो होस्टलमा १७ लाख लगानी पुगेको छ । गाउँमा अलिकता जग्गा पनि जोडेको छु । काठमाडौंमा होस्टल व्यवसायीहरुको यूनियन खडा भएको छ त्यस यूनियनमा संचालक समितिमा निर्वाचित पनि भएको छु । म भाडाँ माझ्ने मान्छे एकाएक होस्टलको मालिक भएको छु । यो मेरो भाग्यमा यसरी परिवर्तन आउनुको श्रेय केवल हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थालाई दिन्छु । सहकारी संस्थामा हामी जस्ता सहारा विहीन बनेका मान्छेहरुलाई विस्वास गर्ने वातावरण निमार्ण गर्ने हिलटपको  सिङ्गेा टिमलाई दिन्छु । सहकारी संस्थाले मेरो जिवन परिवर्तनमा गरेको सहयोगको गुण कहिले विर्सने छैन । म जहाँ जान्छु मैले बोल्ने ठाउँ पाएको बेला मेरो जीवनमा आएको परिवर्तनका पछाडी हिलटप जुनार सहकारी कै योगदान रहेको कुरा निर्धक्क साथ भन्ने गरेको छु । धेरै साथिहरुबाट सुन्ने गरेको छु यस्तोपनि सहकारी हुन्छर ? प्रश्न गर्नु स्वाभाविकपनि होला किनभने सहकारीका नाममा अनेकौं संस्था खुलेकाछन् । तर म ढुक्कका साथ भन्न सक्छु मेरो हिलटप जुनार सहकारी वास्तविक सहकारी हो । म बाँचुन्जेल सम्मको मेरो सहयात्री हो । जय हिलटप । जय सहकारी ।।

 हिक्मतबहादुर थापा,

हाल शंखमूल, काठमाडौं ।

shares