संस्थाका आफ्ना सदस्यहरुले उत्पादन गरेका कृषि उत्पादनहरुको सहज बजारीकरणको लागि संस्थाले तीनकुने, काठमाडौं स्थित आफ्नै भवनमा सहकारी पसल संचालनमा ल्याएको छ । उक्त पसलमा सदस्यहरुले उत्पादन गरेका कृषि उत्पादन संग सम्बन्धीत वस्तुहरु जस्तै: जुनार, सुन्तला जातका फलफुलहरु, साग सब्जी लगाएतका उत्पादनहरु, दाल, चामल,भटमास, गहत, मास, मस्याङ्ग लगाएतका गेडागुडी, घिउ तथा दुग्धजन्य वस्तुहरु, मह, तेल लगाएतका ग्रामीण उत्पादनहरु यस सहकारी पसलमा ल्यायर विक्रि वितरण गर्न सक्नेछन् । यस सहकारी पसलको विशेषता भनेको पसलमा पाहिने वस्तुहरु स्थानीय कृषकको उत्पादन नै हो जुन स्वास्थबर्दक हुनेछ । कुनै प्रकारका विचौलियाहरुको संलग्ता नहुने भएकोले बजार मुल्य भन्दा किफाएती हुनेछ ।
स्वदेशी उत्पादन भएको हुनाले यस पसलका उत्पादनको प्रयोगबाट साना कृषकहरुको मनोबल बढ्नगई कृषिको आधुनीकिकरण र व्यवसायीकरणमा मद्दत पुग्नेछ । राष्ट्रिय अर्थतन्त्र निमार्ण कार्यमा सानै मात्रामा भएपनि राज्यलाई सहयोग पुग्ने छ । रोजगारको अवस्था सृजना हुनेछ ।
सहकारीका माध्यमबाट ग्रामिण कृषकहरुको उत्पादनको बजारीकरणको लागि सहकारी संस्थाले सुरुगरेको सहकारी पसलमा उपलब्ध वस्तुहरुको उपभोग गरी उत्पादक कृषकहरुको मनोवल उच्च बनाउन सबैमा सहयोगको अपेक्षा छ ।