अध्यक्षको संदेश

एकका लागी सबै र सबैका लागी एक भन्ने मुलमंत्रलाई आत्मसाथ गर्दै प्रत्यक व्यक्तिको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्न सहकारीमात्र एक मात्र बिकल्प हो भन्ने बुझेर २०६६ सालमा यस सहकारी संस्थाको स्थापना भएको हो । संस्थाको स्थापना भए देखिनै निरन्तर रुपमा संस्थामा आवद्ध भएका सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

यस संस्थाले सदस्यहरुलाई वचत गर्न सिकाउँदै सदस्यले गरेको बचत सदस्यहरु मार्फत सदस्यहरुकै आय आर्जन बढाउने कार्यमा परिचालन गर्दै आएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई सिप विकासमा जोड दिँदै दक्ष जनशक्ति तयार गर्न योगदान गरिरहेको छ । सदस्यहरुलाई उत्पादनमुलक व्यवसायमा लाग्न प्रेरित गर्दै वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा संस्थाले प्रत्यक्षरुपमा सहयोग गर्दै आएको छ । यसबाट सदस्यहरुको विचमा रोजगारको वाताबरण तयार हुँदै गएको छ । सदस्यहरु विस्तारै समृद्धिको मार्गमा अघि बढिरहेका छन् । सदस्यहरु आत्मनिर्भर बन्दै गएकाछन् ।

सहकारी क्षेत्रमा फरक पहिचान सहितको नमुना सहकारी संस्था निमार्ण गर्ने ध्ययको साथ मैले यस संस्थाको नेतृत्व गर्दै गर्दा संस्थालाई दक्ष जनशक्तिका साथ प्रविधियुक्त संस्थाको रुपमा विकास गर्ने गर्दै लगेका छौं । सहकारी संस्थामा सदस्यहरुको आवश्यक्तालाई मध्यनजर गर्दै अनेकौं सेवा सुविधाहरुको विकास गरी कायान्वनयमा ल्याएका छौं । काठमाडौंको मुटु कोटेश्वर, तीनकुनेमा आफ्नै अत्याधुनिक भवन निमार्ण गरी सोही भवनबाट सदस्यका विभिन्न उत्पादनहरुको बजारीकरण गर्ने देखी वित्तिय सेवा समेत अनेकौं सेवा उपलब्ध गराउँदै सरल प्रविधीमार्फत सेवाको उपयोगलाई जोड दिएका छौं । विधी, प्रविधी र दक्ष जनशक्तिको उचित संयोजनबाटै दिगो विकासको मार्गमा संस्था अघि बढ्छ भन्ने कुरामा दृढभई अघि बढिरहेका छौं । संस्थाको स्थाइत्व, सुरक्षा र दिगो विकासको आधार समयानुकुलको नीति हो भन्ने कुरालाई स्थापीत गरेका छौं । संस्थाले दिएका सेवा सुविधाको गुणस्तर मापन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ब्राण्डिङ्ग गर्दै लैजाने योजना बनाएका छौं ।

सहकारी संस्थालाई नमुना संस्थाको रुपमा विकास गर्न आन्तरीक सुदृढीकरण संगसंगै संस्थाको बाह्यि प्रभावको पक्षलाई पनि उत्तिकै ध्यान दिएका छौं । संस्थाको उपल्ला निकायहरुमा संलग्नता बढाउँदै संस्थागत सम्बन्धलाई प्रभावकारी बनाउँदै लगेका छौं । सहकारी अभियानमा संस्थाको संलग्नता तथा प्रभावकारी भुमिका निर्वाहका लागि नेतृत्व विकासमा समेत जोड दिएका छौं ।

२०६६ साल देखी हाल सम्म संस्थाको बृद्धि विकासमा रचनात्मक तथा सकरात्मक भुमिका निवार्ह गरी संस्थालाई हालको उचाईमा पुर्याउन महत्वपुर्ण योगदान पुर्याउनुहुने सवैमा हार्दिक आभार व्यक्त गर्दै सहकारीका माध्यमबाट दिगो विकास र आत्मस्वाभिमान सहितको आत्मनिर्भर समाज निमार्णमा निरन्तर सहयोगको अपेक्षा गर्दछु ।

वासुदेव घिमिरे

अध्यक्ष 

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड