• सहकारी संस्थामा अन्य बैंक तथा वित्तिय संस्थामा जस्तो वचत खाता खोलेर सिधै वचत गर्न सकिदैन । पहिला सदस्य बन्नु पर्दछ । त्यसपछी मात्र वचत खाता संचालन गर्न सकिन्छ ।

  • केही छैन तपाई जहाँ भएपनि संस्थाको सेवा सुविधाको सहज उपभोग गर्न सक्ने गरी संस्थाले हिलटप जुनार नामको मोवाईल एप बनाएको छ । उक्त एप बाट तपाइको आवश्यकता अनुसारको सुविधाहरु लिन सक्ने व्यवस्था गरिएको छ । त्यसैले तपाई जहाँ भएपनि प्रविधी मार्फत तपाईको मोवाइलमै सहकारी संस्था हुनेछ ।

  • यस सहकारी संस्थामा सदस्य बन्न संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरिरहेको आधार खुल्ने कागजातको साथमा नागरिकताको प्रमाणपत्र प्रतिलिपी र तीन प्रति फोटोको साथमा संस्थाले तयार गरेको सदस्यता फारम भरी आवेदन दिनु पर्दछ । आवेदन दिएपछी संस्थाको संचालक समितिले आवश्यक छानविन गरी सदस्यता दिने भन्ने निणर्य गरेपछी प्रवेश शुल्क र खरिद गर्न चाहेको शेयर रकम जम्मा गर्नु पर्दछ ।

  • हजुर संस्थाको वेवसायिटको अनलाईन सर्भिसमा गई सदस्यता फारम र वचत खता संचालन अनलाईन फारम भरि सोको साथमा आफुले खरिद गर्न चाहेको शेयर र वचत रकम बैंकमा जम्मा गरेको भौचर वा ईसेवा वा क्यूआर कोड मार्फत रकम जम्मा गरेको निस्सा पठाउनु पर्ने छ । वा डाउनलोडमा गई सदस्यता कुन सेवा लिन चाहेको हो सो संग सम्बन्धीत फारम डाउनलोड गरी प्रिन्ट गरेर फारम भरी संस्थाको ईमेल [email protected] मा ईमेल गरी पठाउन पनि सकिन्छ ।

  • सवैभन्दा पहिला तपाईको एन्ड्रोइड मोवाइलको ल्पे स्टोरमा जानुहोस् त्यसपछी Hilltop junar सर्च गर्नुहोस् संस्थाको लोगो सहितको Hilltop junar SACCOS लेखिएको एपलाई डाउनलोड गर्नुहोस् त्यसपछी न्यू रजिस्टरमा जानुहोस् त्यहाँ तपाईको सदस्य नम्बर र मोवाईल नम्बर राखेर रजिष्टर गर्नुहोस् (यदी सदस्य नम्बर थाहा नभएमा ०१४१११८७२ मा वा तपाईको सम्पर्कमा रहेका कुनैपनि कर्मचारीलाई सोध्न सक्नु हुन्छ ) त्यसपछी एउटा कोड आउँछ त्यसलाई राखेर यूजर आइडी बनाई थप प्रोसेस अघि बढाउनु होस्( यूजर आइडी बनाउँदा बलियोको लागि क्यापिटल लेटर, स्मल लेटर, अंक र संकेतको प्रयोग गर्नुपर्नेछ ) संस्थाले तपाईको अनुरोध स्वीकार गरेपछी आफ्नो युजर आइडी र पासवर्ड राखी अन्तिममा चार अंकको पिनकोड राख्नु पर्ने हुन्छ । त्यसपछी तपाइले सहज रुपमा एप चलाउन सक्नुहुन्छ ।

  • न्यून आयश्रोत भएका आफ्नो र परिवारको भविस्यका लागि चिन्तीत सदस्यहरुको लागि दिर्घकालिन वचत योजनाको रुपमा संस्थाले सदस्य समृद्धि वचत योजना ल्याएको छ । यो दुई प्रकारको छ । एउटा प्रकारमा १५ वर्ष अवधि पुरा भएपछी वचत रकमको १० गुणाँ सम्म भुक्तानी पाइन्छ भने अर्कोमा ८ गुणाँ रकम फिर्ता पाईन्छ । दश गुणाँ रकम फिर्ता पाउने वचत योजनामा रु.५० हजार देखी २ लाख ५० हजार सम्म एक पटक वचत गर्दा हुन्छ भने ८ गुणाँ वालामा ५० हजार देखी ३० लाख सम्म वचत गर्न सकिन्छ । पैसा हुनेले सुरुमै जम्मा गर्दा हुन्छ भने पैसा नहुनेले ५ वर्ष भित्र मासिक EMI तिर्ने गरी संस्थाबाटै विना सेवा शुल्कको सहुलियत पुर्ण ऋण लिन पनि सकिन्छ त्यसैले संस्थाले यसलाई सुन्य लगानीबाट करोडपति हुने योजना पनि भन्ने गरेको छ । यो योजनामा एक जना सदस्यले एकै अवधिमा एक पटक मात्र वचत गर्न सक्दछन् ।