hilltop

सुमनविक्रम थापा

प्रबन्ध सन्चालकको संदेश

नीति, विधी, प्रविधी र दक्ष जनशक्तिलाई संस्था विकासको मुल आधारको रुपमा लिँदै सहकारी शिद्धान्त, मुल्य तथा मान्यतामा आधारीत भएर अघि बढेमा मात्र सदस्यहरुको दिगो आर्थिक, सामाजिक तथा संस्कृतिक विकास सम्भव छ भन्ने कुरालाई यस संस्थाले आत्मसाथ गरेको छ । संस्थामा उपलब्ध सेवाहरु सदस्यहरुले सहज र सरल ढंगबाट प्रयोग गर्न सक्नेगरी सहकारी क्षेत्रमानै नविनतम प्रविधीहरुको प्रयोग गरिएको छ । सदस्यहरुले घरमै बसेर आफ्नो मोबाइलको सहायतामा संस्थामा उपलब्ध अनेकौं सेवाहरुको प्रयोग भरपर्दो तरिकाले गर्न सक्नेगरी प्रविधीको विकस गरिएको छ । संस्थालाई वित्तिय क्षेत्रमा हुने प्रतिस्पर्धाको निम्ति हरतरहले सक्षम बनाउन लागिपरिएको छ । संस्थामा आवद्ध प्रत्यक सदस्यले अपनत्व महसुस गर्ने वातावरण निमार्णमा संस्थाको व्यवस्थापन टिम क्रियाशिल रहेको छ ।
नेपालकै नमुना सहकारी बन्ने संस्थाको दिर्घकालिन योजना अनुरुप नमुना संस्था बन्ने योजनालाई सार्थक बनाउनका लागि त्यसका मुख्य आधारका रुपमा सदस्यको समृद्धीसंगै सदस्यको सन्तुष्ठीलाई नमुना सहकारीको मापनको मुख्य आधार बनाइएको छ । सदस्य सन्तुष्ठिका लागि संस्थाले प्रत्येक सदस्यलाई निरन्तर रुपमा सहकारी शिक्षा तथा तालिम कार्यक्रमहरु संचालन गरी सदस्यहरुलाई सुसुचित गराउने गरेको छ । प्रत्येक कार्यक्रमहरु निमार्ण र कार्यान्वयन तहमा सदस्यको सहभागिता सुनिश्चित गर्दै नीति निमार्ण र निणर्य प्रकृयामा सदस्यहरुले प्रजातान्त्रीक विधीबाट आफ्ना मतहरु व्यक्तगर्ने जस्ता कुराहरुमा जोड दिइएको छ । सहकारी संस्थाको सदस्य नभई सदस्यको सहकारी बनाउने तर्फ व्यवस्थापन क्रियासिल रहेको छ । हरेक सदस्यले हाम्रो संस्थामा मेरो भविश्य उज्वल छ भन्ने अनुभुती गर्नेगरी संस्थाको विकास गर्न लागि परिएको छ ।
संस्थाले आजका दिन सम्म आइपुग्दा जुन उचाई र सफलता प्राप्त गरेको छ त्यसका लागि कडा परिश्रम गर्ने कर्मचारीहरु र हरतरहले सहयोग गर्ने संचालक समितिलाई धन्यवाद ब्यक्त गर्दै सहकारीका माध्यमबाट समृद्धीका लागि सहकार्यगर्ने हातहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
सुमनविक्रम थापा
प्रबन्ध संचालक

श्रमिकबाट मालिक २

धनकुटा जिल्ला गा.वि.स.वडा नं.९ बाट रोजगारीको लागि २०७१ सालको अन्त्यतिर काठमाडौं भित्रिएको म, यो अन्जान ठाउँमा मेरो आफ्ना आफन्त कोहि थिएनन् । भएकाले पनि चिन्ने कुरै भएन धनिका सबै हुन्छन् गरिबका कोही हुँदारहेनछन् भन्ने कुरा मैले रोजगारीको लागि काठमाडौंको सडकमा भौँतारिदा थाहा पाएको हुँ ।

हिलटप दुःखको साथी

मेरो नाम केवल साह ठकुरी हो। मेरो परिवारमा तीन जना दाजुभाई र दुई दिदीबहिनी भएतापनि दिदीको विवाह र दाजुभाई भिन्न भए पश्चात दिदीको एउटी फरक क्षमता भयकि(बोल्न नसक्ने)छोरी सहित ७५ वर्षकी आमाको साथमा छु । २०७३ साल मंसिर २३ गते यस संस्थाको सदस्य भएँ। संस्थाको सदस्य बन्नु अघि मेरो कुनै व्यवसाय थिएन । त्यसबेला सम्म म संग करिब १२ लाख रुपैयाँ बचत रकम थियो त्यसै रकमबाट बुढी आमा, बोल्न नसक्ने छोरी र मेरो जिविकोपार्जन भइनै रहेको थियो।

श्रमिकबाट मालिक

धनकुटा जिल्ला गा.वि.स.वडा नं.९ बाट रोजगारीको लागि २०७१ सालको अन्त्यतिर काठमाडौं भित्रिएको म, यो अन्जान ठाउँमा मेरो आफ्ना आफन्त कोहि थिएनन् । भएकाले पनि चिन्ने कुरै भएन धनिका सबै हुन्छन् गरिबका कोही हुँदारहेनछन् भन्ने कुरा मैले रोजगारीको लागि काठमाडौंको सडकमा भौँतारिदा थाहा पाएको हुँ ।

बासुदेव घिमिरे

अध्यक्षको संदेश

एकका लागी सबै र सबैका लागी एक भन्ने मुलमंत्रलाई आत्मसाथ गर्दै प्रत्यक व्यक्तिको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्न सहकारीमात्र एक मात्र बिकल्प हो भन्ने बुझेर २०६६ सालमा यस सहकारी संस्थाको स्थापना भएको हो । संस्थाको स्थापना भए देखिनै निरन्तर रुपमा संस्थामा आवद्ध भएका सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

आधारभुत मूल्य र मान्यता (Core Value)

आधारभुत मूल्य र मान्यता (Core Value) आधारभुत मूल्य र मान्यता (Core Value):स्वस्थ र गुणस्तरीय सेवा :संस्थाले उपलब्ध गराउने सेवा स्वस्थ र गुणस्तरीय हुनेछन् ।सत्य निष्ठा :संस्था तथा सदस्य प्रति सत्य र निष्ठा कायम गरिनेछ ।ईमान्दारीता :सहकारी शिद्धान्तमा केन्द्रविन्दुमा राखेर सदस्यका हितमा ईमान्दारीताका साथ काम गरिनेछ ।खुल्लापनका साथ सामूहिक कार्य :सेवा उपलब्ध गराउँदा पारदर्शिता तथा खुल्लापन …

आधारभुत मूल्य र मान्यता (Core Value) Read More »

अन्य सेवाहरु

विप्रेषणको माध्यमबाट देशलाई प्राप्त हुने व्यवसायिक लाभलाई थप योगदान पु¥याउन संस्था पनि एउटा माध्यमहुने र आय आर्जनमा समेत थप टेवा पुग्ने देखिएकोले विश्वका मुलुकहरुबाट नेपाल भित्रने विप्रेषण सेवा तथा नेपालको कुनै एक ठाँउबाट नेपाल भित्रने कुनै अर्को ठाँउमा सहज रुपमा रकम सदस्यहरुले सहज रुपमा झन्झट रहित सेवा उपलब्ध गराउन विप्रेषण सेवा उपलब्ध गराउने कम्पनीहरुसँग सम्झौता गरी त्यस्ता कम्पनीहरुको सव एजेन्टको रुपमा रेमिटको कारोबार संचालन गरिएको छ ।

बचत

सदस्यहरुका बिचमा छरिएर रहेको स–साना पूँजीलाई एकत्रित गरी जम्मा भएको पूँजी सदस्यहरुको आर्थिक, सामाजिक, प्राकृतिक विकासमा सघाउ पु¥याउन तथा तरलताको स्थिति मजबुत पार्न संस्थाले सदस्यहरुको लागि बचत कार्यक्रम ल्याएको छ ।