Uncategorized

सुमनविक्रम थापा

प्रबन्ध सन्चालकको संदेश

नीति, विधी, प्रविधी र दक्ष जनशक्तिलाई संस्था विकासको मुल आधारको रुपमा लिँदै सहकारी शिद्धान्त, मुल्य तथा मान्यतामा आधारीत भएर अघि बढेमा मात्र सदस्यहरुको दिगो आर्थिक, सामाजिक तथा संस्कृतिक विकास सम्भव छ भन्ने कुरालाई यस संस्थाले आत्मसाथ गरेको छ । संस्थामा उपलब्ध सेवाहरु सदस्यहरुले सहज र सरल ढंगबाट प्रयोग गर्न सक्नेगरी सहकारी क्षेत्रमानै नविनतम प्रविधीहरुको प्रयोग गरिएको छ । सदस्यहरुले घरमै बसेर आफ्नो मोबाइलको सहायतामा संस्थामा उपलब्ध अनेकौं सेवाहरुको प्रयोग भरपर्दो तरिकाले गर्न सक्नेगरी प्रविधीको विकस गरिएको छ । संस्थालाई वित्तिय क्षेत्रमा हुने प्रतिस्पर्धाको निम्ति हरतरहले सक्षम बनाउन लागिपरिएको छ । संस्थामा आवद्ध प्रत्यक सदस्यले अपनत्व महसुस गर्ने वातावरण निमार्णमा संस्थाको व्यवस्थापन टिम क्रियाशिल रहेको छ ।
नेपालकै नमुना सहकारी बन्ने संस्थाको दिर्घकालिन योजना अनुरुप नमुना संस्था बन्ने योजनालाई सार्थक बनाउनका लागि त्यसका मुख्य आधारका रुपमा सदस्यको समृद्धीसंगै सदस्यको सन्तुष्ठीलाई नमुना सहकारीको मापनको मुख्य आधार बनाइएको छ । सदस्य सन्तुष्ठिका लागि संस्थाले प्रत्येक सदस्यलाई निरन्तर रुपमा सहकारी शिक्षा तथा तालिम कार्यक्रमहरु संचालन गरी सदस्यहरुलाई सुसुचित गराउने गरेको छ । प्रत्येक कार्यक्रमहरु निमार्ण र कार्यान्वयन तहमा सदस्यको सहभागिता सुनिश्चित गर्दै नीति निमार्ण र निणर्य प्रकृयामा सदस्यहरुले प्रजातान्त्रीक विधीबाट आफ्ना मतहरु व्यक्तगर्ने जस्ता कुराहरुमा जोड दिइएको छ । सहकारी संस्थाको सदस्य नभई सदस्यको सहकारी बनाउने तर्फ व्यवस्थापन क्रियासिल रहेको छ । हरेक सदस्यले हाम्रो संस्थामा मेरो भविश्य उज्वल छ भन्ने अनुभुती गर्नेगरी संस्थाको विकास गर्न लागि परिएको छ ।
संस्थाले आजका दिन सम्म आइपुग्दा जुन उचाई र सफलता प्राप्त गरेको छ त्यसका लागि कडा परिश्रम गर्ने कर्मचारीहरु र हरतरहले सहयोग गर्ने संचालक समितिलाई धन्यवाद ब्यक्त गर्दै सहकारीका माध्यमबाट समृद्धीका लागि सहकार्यगर्ने हातहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
सुमनविक्रम थापा
प्रबन्ध संचालक

बासुदेव घिमिरे

अध्यक्षको संदेश

एकका लागी सबै र सबैका लागी एक भन्ने मुलमंत्रलाई आत्मसाथ गर्दै प्रत्यक व्यक्तिको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्न सहकारीमात्र एक मात्र बिकल्प हो भन्ने बुझेर २०६६ सालमा यस सहकारी संस्थाको स्थापना भएको हो । संस्थाको स्थापना भए देखिनै निरन्तर रुपमा संस्थामा आवद्ध भएका सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

आधारभुत मूल्य र मान्यता (Core Value)

आधारभुत मूल्य र मान्यता (Core Value) आधारभुत मूल्य र मान्यता (Core Value):स्वस्थ र गुणस्तरीय सेवा :संस्थाले उपलब्ध गराउने सेवा स्वस्थ र गुणस्तरीय हुनेछन् ।सत्य निष्ठा :संस्था तथा सदस्य प्रति सत्य र निष्ठा कायम गरिनेछ ।ईमान्दारीता :सहकारी शिद्धान्तमा केन्द्रविन्दुमा राखेर सदस्यका हितमा ईमान्दारीताका साथ काम गरिनेछ ।खुल्लापनका साथ सामूहिक कार्य :सेवा उपलब्ध गराउँदा पारदर्शिता तथा खुल्लापन …

आधारभुत मूल्य र मान्यता (Core Value) Read More »

एकिकरण सम्बन्धी संयुक्त साधारण सभा बस्ने बारेको सूचना

आदरणीय शेयरधनी महानुभावहरु,हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. तिनकुने काठमाडौँ (द.नं. २४६२) र नवप्रगति बचत तथा ऋण सहकारी संस्था लि. जोरपाटी, काठमाडौँ (द.नं. ३४३८) को एकिकरण सम्बन्धी संयुक्त साधारणसभा यहि मिति २०७३/१०/२९ गतेका दिन द ग्रिन क्याफे एण्ड पार्टी भेन्यु, तीनकुने, काठमाडौँमा दिनको ठिक २ः०० बजे हुन गईरहेको हुँदा उक्त विषेश साधारणसभामा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुलाई उपस्थीतिको लागि हार्दिक अनुरोध गरिन्छ ।