Our Services

संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत आवश्यक्ता पूर्ति गर्न विभिन्न प्रकारका कर्जाहरु सदस्यहरुका माझ ल्याएको छ । सदस्यहरुका बिचमा छरिएर रहेको स–साना पूँजीलाई एकत्रित गरी जम्मा भएको पूँजी सदस्यहरुको आर्थिक, सामाजिक, प्राकृतिक विकासमा सघाउ पुराउन तथा तरलताको स्थिति मजबुत पार्न संस्थाले सदस्यहरुको लागि बचत कार्यक्रम ल्याएको छ ।

सदस्यहरुका बिचमा छरिएर रहेको स–साना पूँजीलाई एकत्रित गरी जम्मा भएको पूँजी सदस्यहरुको आर्थिक, सामाजिक,साँस्कृतिक तथा प्राकृतिक विकासमा सघाउ पुर्‍याउन तथा तरलताको स्थिति मजबुत पार्न संस्थाले सदस्यहरुको लागि विभिन्न प्रकारका बचत योजनाहरु ल्याएको छ । उक्त वचत योजनाहरुमा सदस्यहरुले आफ्नो आवश्यक्ता र भविस्यको योजना अनुसार वचत गर्न सक्नेछन् । बिस्तृत जानकारीको लागि उत्पादन तथा सेवामा गई अध्ययन गर्न सक्नुहुने छ ।

विप्रेषणको माध्यमबाट देशलाई प्राप्त हुने व्यवसायिक लाभलाई थप योगदान पुर्‍याउन संस्था पनि एउटा माध्यमहुने र आय आर्जनमा समेत थप टेवा पुग्ने देखिएकोले विश्वका मुलुकहरुबाट नेपाल भित्रने विप्रेषण सेवा तथा नेपालको कुनै एक ठाँउबाट

सदस्यहरुलाई कारोवारको सहजताको लागि संस्थाले अनलाईन भुक्तानी सेवा संचालन गरेको छ । त्यसका लागि संस्थाले HILLTOP JUNAR नामको मोवाईल एप बनाई कार्यान्वयनमा ल्याएको छ । उक्त एप मार्फत सदस्यहरुले स्क्यान पे मार्फत एक सदस्यको खाताबात अर्को सदस्यको खातामा रकम आदान प्रदान गर्न, बैंकबाट संस्थाको खातामा वा संस्थाको खाताबाट बैंकमा रकम पठाउन, अन्तर सहकारी कारोवार गर्न, मोवाईल रिचार्ज गर्न, टेलिफोन, विधुत, खानेपानीको महसुल तिर्न, डाटा प्याक खरिद गर्न, डिसहोम तथा ईन्टरनेटको विल भुक्तानी गर्न, आफ्नो खाताको सम्पुर्ण विवरणहरु अध्ययन गर्न सकिने सुविधाहरु उपलब्ध गराइएको छ । त्यसैगरी रकम जम्मा गर्नको लागि ईसेवा र क्यूआर कोडको पनि व्यवस्था गरको छ । त्यसले सदस्यहरुलाई छिटो छरितो सेवा उपभोगको निम्ती सहज बनाएको छ ।

ऋण सेवा

सदस्यहरुबाट शेयर, वचतका रुपमा संकलित रकमलाई यस संस्थाले सदस्यहरुकै वित्तिय आवस्यक्ता परिपुर्ति गर्न ऋणको रुपमा सदस्यहरुलाई नै परिचालन गर्ने गरेकोछ । सदस्यका आवश्यक्ता अनुसार सम्पति खरिद गर्न, व्यवसाय संचालन गर्न, शैक्षिक आवश्यक्ता, सामाजिक आवश्यक्ताहरुको परिपुर्ति गर्न लगाएत धेरै कार्यहरु गर्न यस संस्थाबाट सदस्यले ऋण लिन सक्ने व्यवस्था गरिएको छ । ऋण सम्बन्धी विस्तृत जानकारी लिन उत्पादन तथा सेवामा गई थप अध्ययन गर्न सक्नुहुने छ ।

उत्पादन तथा बजारीकरण

सदस्य समृद्धिका लागि संस्थाले आफ्नो श्रोतलाई विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको छ । सदस्यहरुका उत्पादन खरिद गरी प्रशोधन गर्दै विक्रि वितरणको लागि सहकारी उपभोक्ता पसल संचालनमा ल्याएको छ । उक्त सहकारी पसलबाट सदस्यहरुले आफ्ना उत्पादनहरु विक्रि वितरण गर्न सक्नेछन् । सहकारी पसलका अलावा संस्थाले सदस्यहरु संगै सहकार्य गरेर विभिन्न कृषि परियोजनाहरु समेत संचालनमा ल्याएको छ । उत्पादनको बजारीकरणको लागि सहकारी पसलका साथसाथै अनलाईन विक्रिवितरणको काम गर्नको लागि junarshop.com नामको वेवसायिट बनाई सदस्यहरुले अनलाइन मार्फत नै खरिद विक्रिको काम गर्न सक्ने व्यवस्था गरिएको छ ।

एकीकृत कृषि फार्म

संस्थाले आफ्नो उद्देश्य अनुरुप लगानीलाई विविधीकरण गर्दै फरक फरक क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाले सिन्धुलीको गोलन्जोर गाउपालिका–५,हिर्दिङ्गमा स्थानिय व्यक्तिहरु, स्थानिय निकाय र सहकारी संस्थाको संयुक्त लगानीमा एकीकृत कृषि फार्म संचालनमा ल्याएको छ । एकीकृत परियोजना संचालनको क्रममा पहिलो चरणमा गाई पालन र दुध डेरी संचालनमा ल्याएको छ । हाल दुध डेरीबाट डगच्यू(कुकुरको खाना) र घिउ उत्पादन गर्दै आएको छ । डगच्यू विदेश निर्यात गर्दछ भने घिउ स्थानिय बजारमा विक्रिवितरण गर्दै आएको छ ।