सदस्य समृद्धिका लागि संस्थाले आफ्नो श्रोतलाई विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको छ । सदस्यहरुका उत्पादन खरिद गरी प्रशोधन गर्दै विक्रि वितरणको लागि सहकारी उपभोक्ता पसल संचालनमा ल्याएको छ । उक्त सहकारी पसलबाट सदस्यहरुले आफ्ना उत्पादनहरु विक्रि वितरण गर्न सक्नेछन् । सहकारी पसलका अलावा संस्थाले सदस्यहरु संगै सहकार्य गरेर विभिन्न कृषि परियोजनाहरु समेत संचालनमा ल्याएको छ । उत्पादनको बजारीकरणको लागि सहकारी पसलका साथसाथै अनलाईन विक्रिवितरणको काम गर्नको लागि junarshop.com नामको वेवसायिट बनाई सदस्यहरुले अनलाइन मार्फत नै खरिद विक्रिको काम गर्न सक्ने व्यवस्था गरिएको छ ।