    हामी सहकारीका सर्बमान्य अन्तराष्ट्रिय सिद्घान्तहरू तथा मुल्य मान्यताहरूलाई आत्मसात गर्दै हाम्रो कार्य संचालन प्रक्रियामा तिनीहरूलाई अनुसरण गर्न प्रतिबद्धछौं ।
    सस्थाका सदस्यहरूमा जाती, लिंग, धर्म, आस्था र आर्थीक स्तरको आधारमा कुनै किसीमको भेदभाब र पक्षपात गरीने छैन ।
    हाम्रो संस्थामा सुशासन कायम गरी दिगो रुपमा संचालन गर्न र सदस्यहरूको आर्थीक, सामाजिक र सांस्कृतिक बिकास गर्न हामी प्रतिबद्घ छौं ।
    सदस्यहरूको निःस्वार्थ सेवा आफ्नो धर्मको रुपमा लिनेछौ । साथै ईमानदारीता, पारदर्शीता र खुल्लापन मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गर्नेछौ ।
    सदस्यहरूबाट प्राप्त सल्लाह र सुझाबहरू संस्था संचालनका आधारहरू बन्नेछन् ।
    संस्थाका संचालक एबं कर्मचारीहरू संस्थाप्रति उत्तरदायी र जबाफदेही हुनछौ । सदस्यहरूको काममा कुनै किसीमको ढिला सूस्ती हुन दिनेछैनौं ।
    सदस्यहरूलाई सेवा दिने क्रममा नाताबाद, कृपाबाद, छलकपट, झन्झट र अनियमितता हुन दिने छैनौं ।
    संस्थाले सदस्यहरूलाइ सेवा प्रदान गर्ने सिलसीलामा कुनै किसीमका नाजायज फाईदा उठाउने छैन ।
    सदस्यहरूको आर्थीक कारोबारको गोपनियता राख्न हामी प्रतिबद्घ छौ ।
    संस्थाका सबै निर्णयहरू पुर्ण प्रजातान्त्रिक तरीकाबाट लिइने छन् ।
    ब्यतिmगत चाहना, स्वार्थपूर्ती गर्न  नीतिनियमको उलङ्घन गर्ने र आफ्ना अनुकुल ब्याख्या गर्ने काम गर्नेछैनौ ।
    सबै प्रकारका.सामाजिक र्दुब्यवहार, नैतिक आचरणलगायत संस्थाको ख्यातीलाई असर गर्ने कार्य संस्थामा हुन दिने छैनौं ।