तेस्रो शिक्षा तथा वित्तिय साक्षरता तालिम सम्पन्न
हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष ०७८/०७९का लागि निर्धारण गरिएका १० वटा सहकारी शिक्षा तथा तालिम कार्यक्रम मध्ये तेस्रो तालिम यहि मिति २०७८/११/१४ गते शनिवारका दिन सम्पन्न गरेको छ । ५० जना सदस्यहरुको सहभागितामा सम्पन्न तालिम कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष श्री वासुदेव घिमिरेले गर्नु भएको थियो । संस्थाका शिक्षा तथा तालिम उपसमिति संयोजक श्री देवी खड्काले संयोजन गर्नु भएको उक्त तालिम कार्यक्रममा संस्थाले यस आर्थिक वर्षमा विभिन्न एघारवटा विषयमा करिव ७ सय सदस्य तथा कर्मचारीहरुको लागि तालिम संचालन गर्ने योजना रहेको बताउनु भयो । माहामारिका कारण निर्धारित तालिम कार्यक्रमहरु समयमै संचालन गर्न नसकिएको र कोरोनाको प्रभाव मत्थर भएका कारण सामाजिक दुरीलाई समेत ख्याल गर्दै आगामि दिनमा निरन्तर रुपमा सहकारी शिक्षा तथा तालिम कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो । करिव ७ सय जना सदस्याई शिक्षा तथा तालिम कार्यक्रममा सहभागि गराउने योजना रहेको भएतापनि हाल सम्म १२० जना सदस्यलाई मात्रै सहभागि गराउन सकिएको र आगामि हप्ताबाट निरन्तर रुपमा फरक फरक क्षेत्रमा फरक फरक विधाका तालिम आयोजना गर्नेगरी समय तालिका निर्धारण गरिएको र यहि मिति फागुन महिनाको २१ गते  सहकारी शिक्षा तथा वित्तिय साक्षरता तालिम, फागुन २४ गते महिला र वालवालिकाको लागि वित्तिय साक्षरता तालिम, फागुन २७ देखी २९ गते सम्म संचालक क्षमता विकास तालिम, चैत्र ४ गते सिन्धुली जिल्ला गोलन्जोर गाउपालिकाको स्थानिय निकाय संग अन्तरक्रिया र ४ गते पशुपालक कृषकहरुको लागि सहकारी शिक्षा तथा वित्तिय साक्षरता तालिम निर्धारण गरिएको जानकारी गराउनु भयो ।