यहि असोज ९ गते हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी माहासंघ लि.नेपालका संचालक श्री टेक प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष वासुदेव घिमिरेको अध्यक्षतामा १२औं वार्षिक साधारणसभा सम्पन्न भएकोछ । कोरोना भाईरसको प्रभावलाई मध्येनजर गर्दै संस्थाका सदस्यहरुको ईच्छा अनुसार भौतिक र विधुतिय उपस्तिीमा सभा सम्पन्न भएको हो ।
१२औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष वासुदेव घिमिरेले आर्थिक वर्ष ०७७÷०७८को प्रगति विवरण सहित आर्थिक वर्ष ०७८÷०७९मा संस्थाले लिने नीति तथा कार्यक्रम र वार्षिक लक्ष प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष घिमिरेले चालु वर्षका लागि विभिन्न ३४ वटा विषयमा लक्ष निर्धारण गरिएको कुरा राख्नुहुँदै निर्धारित लक्ष पुरा गर्न प्रत्येक सदस्यको साथ र सहयोग आवश्यक पर्नेकुरा राख्दै प्रस्तावित नीति तथा कार्यक्रमको सफलतापुर्वक कार्यान्वयन हुन सक्दा सदस्य विचको सम्बन्धलाई मजबुद बनाउन संस्था सफलहुने कुरामा जोड दिनु भएको थियो ।
संस्थाले चालु वर्षका लागि निर्धारण गरेको लक्षहरुमा संस्थाको वासलात बृद्धि गरी २५ करोड ६५ लाख पु¥याउने । ८५५ जनाले सदस्य बृद्धि गरी ३४८३जना पु¥याउने । ऋण लगानीलाई ४० करोड ७१ लाख पु¥याउने । सहकारी शिक्षा तथा तालिम कार्यक्रममा ७५४ जना सदस्यलाई सहभागि गराउने । कम्तिमा ६० जना सदस्यहरुलाई स्वरोजगार बनाउँदै आय अर्जन बढाउने । संस्था तथा सदस्य दिगो सम्बन्ध विकास कार्यक्रम संचालन गर्ने । स्वास्थ सिविर, सरसफाई जस्ता सामाजिक कार्यक्रमहरु संचालन गर्ने । संस्था एकिकरण र सेवा केन्द्र विस्तार गर्ने । संस्थालाई स्मार्ट संस्थाको रुपमा विकशित गर्ने जस्ता लक्षहरु राखिएको जानकारी गराउनु भएको थियो ।
संस्थाका प्रबन्ध संचालक सुमन विक्रम थापाले संस्थाको कुल कारोवार रु.४४ करोड ८७ लाखबाट बृद्धि गर्दै ५२ करोड ६५ लाख पुर्याउने योजना प्रस्तुत गर्दै अवको दुई वर्ष भित्र संस्था १०० करोडको कारोवार गर्न सक्षमहुनेकुरा राख्नु भएको थियो ।