तिनकुने काठमाडौं स्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी  संस्थाको १३औं वार्षिक साधारण सभा अन्र्तगत २ नं एकाइ बैठक यहि भाद्र २५ गते संस्थाका अध्यक्ष वासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । समान कार्यसूचीमा यहि भाद्र २१ गतेका दिन गोलन्जोर ५ सिन्धुलीमा पहिलो एकाइ बैठक गरेको संस्थाले साधारण सभाको अन्तिम केन्द्रीय बैठक यहि भाद्र ३१ गते काठमाडौंमा सम्पन्न गर्दैछ ।
 । बागमति प्रदेशको पाँच जिल्ला कार्यक्षेत्र रहेको संस्थाले उपत्यका भित्र वसोवास गरि रहेका सदस्यहरुलाई २ नं. एकाइ बैठकमा सहभागि गराउँदै संचालक समिति, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सहित दोस्रो चार वर्षे रणनीतिक व्यवसायिक योजना, बजेट तथा कार्यक्रम सहित विभिन्न १३वटा विषयहरु माथि छलफल गरि निणर्य पारित गरिएको थियो । ‘उत्कृष्ट व्यवसायिक सहकारी’ भन्ने परिकल्पनाका गर्दै अवको चार वर्षमा वित्तिय रुपमा सवल, गुणस्तरिय सेवा प्रदायक उत्कृष्ठ संस्था, व्यावसायिक तथा प्रतिश्पर्धी र कुशल नेतृत्व र सक्षम व्यवस्थापनको विकास गर्ने रणनीतिका साथ संस्थालाई अघि बढाउने योजना पारित गरेको संस्थाको हाल ३१४२ जना शेयर सदस्यको कुल चुक्ता शेयर पुँजी रु.५,०३,४७,८००/– रहेको छ । संस्थागत पुँजी रु.२,८७,४८,६७३/– रहेको संस्थाको वचत रु.३०,४९,२५,४९७।५४ रहेको छ भने संस्थाले रु.४२,१७,५५,२२९/–ऋण लगानी गरेको छ । धेरै संस्थाहरुले तरलता अभाव भोगिरहेको अवस्थामा यस संस्थाको १९.५६ प्रतिशत तरलता रहेको छ भने भाखा नाघेको ऋण ३.५७ प्रतिशत रहेको छ । हाल संस्थाको कुल पुँजी रु.५३,१२,४८,१७१/– रहेको छ ।
उपभोक्ता सहकारी पसल, दुध डेरी, पशु पालन लगाएतका कारोवार गरि रहेको संस्थाले गत आर्थिक वर्ष मात्रै २६ जना लाई प्रत्यक्ष रोजगारी दिएको, ६० जनालाई स्वरोजगार कार्यक्रममा सहभागि गराई आय आर्जन बृद्धि गराएको र २१५० जना व्यक्तिहरुको रोजगारमा योगदान पुर्याएको प्रतिवेदन सार्वजनिक गरेको छ ।