‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने नारालाई आत्मसाथ गर्दै आफ्नो आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकताहरुको परिपूर्ति गर्न एकै उद्देश्य भएका व्यक्तिहरु संगठित भई शोषणरहित समाजको परिकल्पना गर्दै आत्मनिर्भर समाजको निर्माणमा टेवा पु-याउन सहकारी ऐन २०४८ अनुसार सहकारी डिभिजन कार्यालयमा दर्ता भई हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.को स्थापना भएको हो ।

 

नेपालीहरुको सबैभन्दा ठूलो हिस्सा कृषि व्यवसायमा संलग्न भएको र कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण हुन नसकेको अवस्थामा लाखौँ युवा जनशक्ति विदेशी भूमिमा पसिना चुहाउन बाध्य छन् । तिनै युवाको पौरख नेपालभित्र नै सदुपयोग गर्न सहकारीका माध्यमबाट संगठित गर्दै सदस्यहरुमा सहकार्यको भावना विकास गराई छरिएर रहेको स्रोत, साधन तथा सीपलाई एकीकृत गरी शिक्षा, स्वास्थ, रोजगार र सीप विकासमा जोड दिँदै प्रत्येक सदस्यहरुमा उद्यमशीलताको विकास गराई तिनै उद्यमीहरुमार्फत संकलित स्रोत तथा साधनहरुको परिचालन गरी स्वावलम्वी तथा आत्मनिर्भर समाजको निर्माणमा योगदान गर्ने लक्ष्य बनाएको छ ।

यस संस्थामा युवा तथा उपेक्षित वर्गको संलग्नता हुन सक्दा संस्थाले उपलब्ध गराएको शिक्षा, तालिम तथा सीपमार्फत उद्यमशीलताको विकास हुने र सदस्यहरुमार्फत उद्योग व्यवसायमा सहभागी भई सदस्यहरुमा रोजगारको अवसर सिर्जना भई रोजगारका लागि विदेशिनै पर्ने बाध्यात्मक अवस्थामा कमी हुने, कृषिजन्य लगायत औधोगिक उत्पादनमा वृद्धि हुनसक्दा राष्ट्रिय अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।