वचत सेवा

यस संस्थाले सदस्यहरुका लागि निम्न प्रकारका वचत योजनाहरु ल्याएको छ । संस्थाले सार्वजनिक गरेका वचतका प्रकार र विशेषताहरु यस प्रकार रहेको छ ।

क) नियमित वचतः
प्रत्येक महिना नियमित सदस्य रहँदा सम्म अनिवार्य रुपमा सदस्यले जम्मा गर्न कबोल गरेको वचतलाई नियमित वचत भनिनेछ । यस्तो वचत मासिक न्यूनतम रु.२००।– देखि अधिकतम रु.१०००।– सम्म मात्र जम्मा गर्न सक्नेछन । यो वचत योजनामा सबै सदस्य सहभागि हुन सक्ने छन । सदस्यता त्याग गरेपछि यो वचतमा जम्मा भएको व्याज सहितको रकम फिर्ता लैजान पाउने छन । सदस्यलाई रकम झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छैन । 

ख)साधारण वचतः
संस्थाका सबै सदस्यहरुले आफ्नो इच्छा अनुसार कार्यालय संचालन भएको दिनमा राख्न र झिक्न पाउने सुविधाभएको वचतलाई साधारण वचत भनिने छ । संस्थामा स्वयम उपस्थिमा शेयर रकमको १५ गुणा सम्म जम्मा तथा आवश्यक्ता अनुसार झिक्न र घरदैलो संकलनका कर्मचारीको सहयोगमा न्यूनतम रु. ५०।– अधिकतम रु. ५० हजार सम्म जम्मा वा झिक्न सक्नेछन । सदस्यलाई रकम   झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छ । 

ग)आवधिक वचतः
संस्थाका सबै सदस्यहरुले आफ्नो इच्छा अनुसार निश्चित अवधि र व्याजदर तोकेर राखिने वचतलाई आवधिक वचत भनिन्छ । यस्तो बचतमा न्यूनतम रु.१०,०००।– देखि माथि शेयर रकमको १५ गुणा सम्म रकम बचत गर्न सकिनेछ । आवधिक बचतको व्याजदर र भुक्तानीको तरिका आवधिक रसिदमा  नै उल्लेख गरेर दिईनेछ । आवधिक वचत खाता खोल्ने सदस्यले साधारण वचत खाता खोल्न अनिवार्य छ । आवधिक वचत ३ महिना देखि तीन वर्ष सम्म लागि लिईनेछ ।

घ) खुत्रुके वचतः
संस्थाका सबै सदस्यहरुले घरमा नै वचतगर्न चाहनेहरुका यो खुत्रुके वचतको संचालन गरिएकोछ । यो वचत खातामा सदस्यहरुले रु.३००।– जम्मा गरेपछी संस्थाले साँचो आफ्ैले राख्ने गरी एउटा आकर्षक खुत्रुके उपलब्ध गराउनेछ । उक्त खुत्रुके हरेक महिना संस्थामा लगि वा संस्थाका कर्मचारीहरुको रोहवरमा घरैमा खोली जम्मागर्न सकिनेछ । संस्थाले खुत्रुके वचतको रकम प्राप्त गरेको दिन देखि व्याज प्रदान गर्नेछ । यो योजनमा सदस्यको संरक्षकत्वमा १६ वर्ष मुनीका वाल वालिकाहरुको नाममा खाता खोल्न सकिनेछ । बाल सदस्यको उमेर बैधानिक वा नेपाली नागरिक्ता प्राप्त गरेपछी संस्थाको सदस्यमा परिवर्तन गर्न सकिने छ । खाता संचालन वाल सदस्यको संरक्षकले गर्नेछ । खुत्रुके वचतमा मासिक अधिकतम रु.५ हजार भन्दा बढीको रकम जम्मा गरिने छैन ।

ङ)जेष्ठ नागरीक सदस्य वचतः
संस्थाका सदस्यहरु मध्ये ६५ वर्ष उमेर पुगेका सदस्यहरुबाट मासिक रुपमा रु.५००।– वा ऐच्छिक रुपमा जम्मा गरिने वचतलाई जेष्ठ सदस्य बचत भनिने छ । यो योजनामा सहभागि हुने सदस्यले ६५ वर्ष उमेर पुगेको प्रमाण अनिवार्यरुपमा पेश गर्नुपर्ने छ । जेष्ठ नागरीक बचतका सदस्यलाई प्रकाशित व्याजदरमा ०।२५ प्रतिशत व्याज थप दिईनेछ ।

च) कोपिला वचतः
१० वर्षमुनीका बालबालिकाहरुले मासिक वा स्वच्छिक रुपमा जम्मा गर्ने वचतलाई कोपिला वचत भनिनेछ । यस्तो वचतमा मासिक न्यूनतम रु.१००।– देखी माथि योजना अनुसार राख्न सकिनेछ । बालबालिकाहरुको जन्म दर्ता प्रमाणपत्र अनिवार्यपेश गर्नु पर्नेछ । यस बचतको योजनाहरु संस्थाले आवश्यक्ता अनुसार संचालनमा ल्याउने जानकारी सदस्यहरुलाई जानकारी गराउने छ । वालवालीकाहरुको उच्चशिक्षालाई लक्षित गरेर योजना ल्याइएको हो । योजना अवधि समाप्त भएपछि व्याज सहित एकमुष्ठ रकम फिर्ता गरिने छ । सदस्यलाई रकम झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छैन     । 

छ) पर्व वचतः
सदस्यहरुले आफ्नो संस्कार अनुसारको पर्वलाई लक्षित गरेर मासिक वा स्वच्छिक रुपमा न्यूनतम रु.५००।– र अधिकतम रु.४,००० मासिक वचत जम्मा गर्न सक्नेछन् । सदस्यले आफ्नो संस्कारका सम्बन्धमा यो वचत रकम झिक्नको लागि अग्रिम सुचना वा खाता खोलिएको समयमा नै घोषणा गर्नु पर्दछ । आफ्नो संस्कार वा पर्वको दिनमा सार्वजनिक विदा पर्ने लागेमा अघिल्लै दिनमा रकम झिक्नु पर्दछ ।  सार्वजनिक विदाका दिनमा कार्यालय खोलेर यस योजनाका सदस्यहरुलाई भुत्तलानी गर्न संस्था वाध्य हुने छैन ।

ज) गृहणी/नारी वचतः
संस्थाका विवाहित महिला सदस्यहरुले नियमित वा ऐच्छिक रुपमा जम्मा गर्ने वचतलाई गृहणी/नारी वचत भनिन्छ । न्यूनतम रु.५००/– देखि माथि शेयर रकमको १५ गुणा सम्म रकम बचत गर्न सकिनेछ । गृहणी वचत खातामा सहभागि हुनेमहिलाको उमेर १८ वर्ष पुगेको हुनपर्दछ । सदस्यलाई रकम झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छ । 

झ)समाजसेवा वचतः
सामाजिक क्षेत्रमा सरिक हुने सबै सदस्यहरुले छात्रबृती, मठ मन्दीर, अनुदान जस्ता सेवा भाबका यो खाता खोल्न सक्नेछन । जुन उदेश्यले खाता खोलेको हो सोको निस्सा खाता खोल्दा ल्याउनु पर्ने छ । यो खातामा नियमित वा एकमूष्ठ रकम जम्मा गर्न सकिनेछ । सदस्यलाई रकम झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छ ।

ञ) उज्जवल भविस्य वचत :
एक वर्षको योजना, आवश्यक्ता र सामथ्र्यको आधारमा ३६५ दिन सम्म वचत गर्दै ३६६ औं दिनको दिन नियमानुसार पाकेको व्याज सहित एकमुष्ठ भुक्तानी लिन सकिने वचतलाई उज्जवल भविश्य वचत भनिएको छ । सदस्यलाई रकम झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छैन । शर्तहरु व्यवस्थापनले तोके बमोजिम हुनेछ ।

ट) बीमा वचतः
सदस्यहरुको वित्तीय सुरक्षाको लागि जोखिम व्यवस्थापन गर्न जीवन विमालाई प्रोत्साहीत गर्दै सहज र सरल बनाउन न्यून आय भएका सदस्यहरुलाई समेत व्यावसायीक बीमा योजनामा सहभागी गराउने     उद्देश्यले बीमा प्रिमियम भुक्तानी प्रयोजनको लागि बीमा बचत ल्याएको छ । यो बचतमा वार्षिक रुपमा बुझाउनु पर्ने प्रिमियम रकम एकमुष्ठ वा सोही बराबरको रकम जम्मा हुने गरी दैनिक वा मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन् । सदस्यहरुको ईच्छा बमोजिम विमा गराउने र सदस्यहरुको बीमाको प्रिमियम भुक्तानी गरिदिने छ । सदस्यलाई रकम झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छैन । 

    

ठ)क्रमिक वचतः
४२ महिना सम्म नियमित रुपमा किस्ता जम्मा गरी ४३ औं महिनामा ५० किस्ताको भुक्तानी गरिने छ । यस वचत योजनामा सदस्यहरुले मासिक रुपमा रु.५००/– देखि अधिकतम रु. १ लाखसम्म जम्मा गर्न सक्नेछन् । सदस्यलाई रकम झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छैन । 

ड) विशेष वचतः
न्यूनतम मौज्दात रु.१०,०००/– वा संचालक समितिले निर्धारण गरे बमोजिमको रकम जम्मा गरी संचालन गरिने वचतलाई विशेष वचत भनिएको छ । यस्तो वचत विशेष गरी व्यवसायिक सदस्यहरुको लागि उपयुक्त हुन्छ । संस्थाले यस्तो खातामा प्रतिष्पर्धात्मक दरमा व्याज उपलब्ध गराउने छ ।

ढ)ऋण सुरक्षा वचतः
सामूहिक धन जमानीमा लगानी हुने कर्जाको सुरक्षण वापत निश्चित प्रतिशत रकम कट्टा गरी राखिएको वचतलाई कर्जा सुरक्षा वचत भनिएको छ । यस्तो वचतमा जम्मा भएको रकम कर्जा चुक्ता नभए सम्मको लागि रोक्का रहनेछ । सदस्यलाई रकम झिक्न सक्ने भुक्तानी पुर्जा दिईने छैन । 

ण)सदस्य समृद्धी वचतः
क) पन्द्र बर्षमा १० गुणा भुक्तानी योजना
वचतका माध्यमबाट सदस्यहरुलाई समृद्ध बनाउने योजना अनुरुप दिर्घकालिन वचत योजनाको रुपमा  सदस्य समृद्धी वचत योजना ल्याइएको हो । न्यून आयश्रोत भएका सदस्यहरु यस योजनाका लक्षित वर्ग हुनेछन् । यस वचतलाई आफ्नो वा परिबारको भविस्य निमार्णमा तथा बुढेसकालको सहाराको रुपमा प्रयोग गर्न सकिनेछ ।  न्यूनतम रु.५०,०००/– र अधिकतम २लाख ५० हजार सम्म जम्मा गरी यो योजनामा सदस्यहरुले सहभागिता जनाउन सक्नेछन् । यो वचतको अवधि १५ वर्ष ६ महिनाको हुनेछ । संस्थाले १५ वर्ष पुरा गरी १६ औं वर्षको ६ महिना भित्र सुरुमा जम्मा गरेको रकमको एकमूष्ठ १० गुणा वा संचालक समितिले निणर्य गरे बमोजिम रकम फिर्ता गर्ने छ । यस बचत योजनामा तोकिएको ब्याज त्रैमासिक ब्याज भुक्तानी गरिनेछ र उक्त ब्याज सदस्यको विमा प्रिमियम भुक्तानी गर्न र सदस्यकै नाममा विभिन्न आर्थिक उपकरण खरिद गर्नमा भुक्तानी दिइने छ । संस्थाले सदस्यहरुको बीमा गर्न, बीमा प्रिमियम भुक्तानी गरिदिन, सदस्यले लगानी गर्ने विभिन्न आर्थिक उपकरणको बारेमा सहजीकरण गरिदिन सक्नेछ । वचत गर्न एकमूष्ठ रकम नभएका सदस्यलाई संस्थाले पाँच वर्ष भित्र EMI तिर्नेगरी ऋण उपलब्ध गराउन सक्नेछ । यस वचत योजनामा जम्मा गरिने अधिकतम रकमको सिमा, सदस्यहरुलाई सेवा उपलब्ध गराए बापतको वार्षिक शुल्क, अन्य सेवा शर्तहरु संचालक समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
ख) पन्द्र बर्षमा ८ गुणा भुक्तानी योजना
यस योजनामा सदस्यहरुले सुरुमा भुक्तानी गरेको वचतको १५ वर्ष ६ महिना अवधि पुरा भएपछी ८ गुणा रकम फिर्ता पाउनेछन् । यस योजना अन्तर्गत सदस्यहरुले न्यूनतम ५० हजार देखी अधिकतम ३० लाख सम्म बचत गर्न सक्नेछन् । यस योजनामा सहभागी सदस्यको विमा गरिनेछ । एक मुष्ठ रकम जम्मा गर्न नसक्ने सदस्यलाई ऋणको व्यवस्था छ ।