वार्षिक साधारणसभा
वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै संस्थाका सदस्य
यस संस्थामा सदस्यहरुका लागि विभिन्न सेवाहरु उपलब्ध छन् । संस्थामा उपलब्ध अधिकांस सेवाहरु प्रविधीको प्रयोग मार्फत आफुलाई पाएक पर्ने स्थानबाटै प्रयोग गर्न सकिने गरी तयार गरिएका छन् । संस्थालाई प्रविधिमैत्री बनाउने क्रममा संस्थाले मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग मार्फत सदस्यहरुलाई सहज सेवा उपलब्ध गराउने प्रयास गरेको छ । सदस्यहरुलाई विस्तारै नगद रहित कारोबारमा केन्द्रीत गर्ने उद्देश्यले संस्थाले QR कोड मार्फत नगद लेनदेन गर्न सकिने विधिको समेत विकास गरेको छ । सदस्यले घरमै बसेर आफ्नो मोबाइलबाटै आफ्नो खातामा रहेको रकम ट्रान्सफर गर्न, नियमित तथा अन्य वचत जम्मा गर्न, ऋण लिएको भएमा किस्ता भुक्तानी गर्न सक्नेछन । संस्थालाई विस्तारै पेपरलेसमा लैजाने गरी प्रविधीहरुको विकास गरिँदै लगिएको छ । संस्थामा सदस्यहरुको लागि विभिन्न प्रकारका वचत, विभिन्न प्रकारका ऋण, बीमा, उपभोक्ता सहकारी पसल लगाएतका विभिन्न सेवाहरु उपलब्ध छन् ।
सदस्यहरुका बिचमा छरिएर रहेको स–साना पूँजीलाई एकत्रित गरी जम्मा भएको पूँजी सदस्यहरुको आर्थिक, सामाजिक,साँस्कृतिक तथा प्राकृतिक विकासमा सघाउ पुर्याउन तथा तरलताको स्थिति मजबुत पार्न संस्थाले सदस्यहरुको लागि विभिन्न प्रकारका बचत योजनाहरु ल्याएको छ । उक्त वचत योजनाहरुमा सदस्यहरुले आफ्नो आवश्यक्ता र भविस्यको योजना अनुसार वचत गर्न सक्नेछन् । बिस्तृत जानकारीको लागि उत्पादन तथा सेवामा गई अध्ययन गर्न सक्नुहुने छ ।
विप्रेषणको माध्यमबाट देशलाई प्राप्त हुने व्यवसायिक लाभलाई थप योगदान पुर्याउन संस्था पनि एउटा माध्यमहुने र आय आर्जनमा समेत थप टेवा पुग्ने देखिएकोले विश्वका मुलुकहरुबाट नेपाल भित्रने विप्रेषण सेवा तथा नेपालको कुनै एक ठाँउबाट
सदस्यहरुलाई कारोवारको सहजताको लागि संस्थाले अनलाईन भुक्तानी सेवा संचालन गरेको छ । त्यसका लागि संस्थाले HILLTOP JUNAR नामको मोवाईल एप बनाई कार्यान्वयनमा ल्याएको छ । उक्त एप मार्फत सदस्यहरुले स्क्यान पे मार्फत एक सदस्यको खाताबात अर्को सदस्यको खातामा रकम आदान प्रदान गर्न, बैंकबाट संस्थाको खातामा वा संस्थाको खाताबाट बैंकमा रकम पठाउन, अन्तर सहकारी कारोवार गर्न, मोवाईल रिचार्ज गर्न, टेलिफोन, विधुत, खानेपानीको महसुल तिर्न, डाटा प्याक खरिद गर्न, डिसहोम तथा ईन्टरनेटको विल भुक्तानी गर्न, आफ्नो खाताको सम्पुर्ण विवरणहरु अध्ययन गर्न सकिने सुविधाहरु उपलब्ध गराइएको छ । त्यसैगरी रकम जम्मा गर्नको लागि ईसेवा र क्यूआर कोडको पनि व्यवस्था गरको छ । त्यसले सदस्यहरुलाई छिटो छरितो सेवा उपभोगको निम्ती सहज बनाएको छ ।
सदस्यहरुबाट शेयर, वचतका रुपमा संकलित रकमलाई यस संस्थाले सदस्यहरुकै वित्तिय आवस्यक्ता परिपुर्ति गर्न ऋणको रुपमा सदस्यहरुलाई नै परिचालन गर्ने गरेकोछ । सदस्यका आवश्यक्ता अनुसार सम्पति खरिद गर्न, व्यवसाय संचालन गर्न, शैक्षिक आवश्यक्ता, सामाजिक आवश्यक्ताहरुको परिपुर्ति गर्न लगाएत धेरै कार्यहरु गर्न यस संस्थाबाट सदस्यले ऋण लिन सक्ने व्यवस्था गरिएको छ । ऋण सम्बन्धी विस्तृत जानकारी लिन उत्पादन तथा सेवामा गई थप अध्ययन गर्न सक्नुहुने छ ।
सदस्य समृद्धिका लागि संस्थाले आफ्नो श्रोतलाई विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको छ । सदस्यहरुका उत्पादन खरिद गरी प्रशोधन गर्दै विक्रि वितरणको लागि सहकारी उपभोक्ता पसल संचालनमा ल्याएको छ । उक्त सहकारी पसलबाट सदस्यहरुले आफ्ना उत्पादनहरु विक्रि वितरण गर्न सक्नेछन् । सहकारी पसलका अलावा संस्थाले सदस्यहरु संगै सहकार्य गरेर विभिन्न कृषि परियोजनाहरु समेत संचालनमा ल्याएको छ । उत्पादनको बजारीकरणको लागि सहकारी पसलका साथसाथै अनलाईन विक्रिवितरणको काम गर्नको लागि junarshop.com नामको वेवसायिट बनाई सदस्यहरुले अनलाइन मार्फत नै खरिद विक्रिको काम गर्न सक्ने व्यवस्था गरिएको छ ।
संस्थाले आफ्नो उद्देश्य अनुरुप लगानीलाई विविधीकरण गर्दै फरक फरक क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाले सिन्धुलीको गोलन्जोर गाउपालिका–५,हिर्दिङ्गमा स्थानिय व्यक्तिहरु, स्थानिय निकाय र सहकारी संस्थाको संयुक्त लगानीमा एकीकृत कृषि फार्म संचालनमा ल्याएको छ । एकीकृत परियोजना संचालनको क्रममा पहिलो चरणमा गाई पालन र दुध डेरी संचालनमा ल्याएको छ । हाल दुध डेरीबाट डगच्यू(कुकुरको खाना) र घिउ उत्पादन गर्दै आएको छ । डगच्यू विदेश निर्यात गर्दछ भने घिउ स्थानिय बजारमा विक्रिवितरण गर्दै आएको छ ।
सदस्य संख्याः: | 3153 |
शेयर पुजी रु.: | 50347800 |
बचत संकलन रु.: | 304925537.54 |
कर्जा लगानी रु.: | 421755228.80 |
कुल सम्पत्ति रु.: | 547645365.33 |
आम्दानी रु.: | 70070223.75 |
खर्च रु.: | 58043035.04 |
वचत(खुद नाफा): | 12027187.19 |
जगेडा तथा अन्य कोष: | 30381103.14 |
बाह्यि ऋण सापटी: | 123475163.64 |
धनकुटा जिल्ला गा.वि.स.वडा नं.९ बाट रोजगारीको लागि २०७१ सालको अन्त्यतिर काठमाडौं भित्रिएको म, यो अन्जान ठाउँमा मेरो आफ्ना आफन्त कोहि थिएनन् । भएकाले पनि चिन्ने कुरै भएन धनिका सबै हुन्छन् गरिबका कोही हुँदारहेनछन् भन्ने कुरा मैले रोजगारीको लागि काठमाडौंको सडकमा भौँतारिदा थाहा पाएको हुँ । ठूलाबडाको घ...
Read Moreयस संस्थाले आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । संस्थाले भक्तपुरको कौशलटारमा रहेको मानव सेवा आश्रममा रहेका बृद्दबिद्दाहरुलाई बिहानको भोजन प्रदान गर्नुका साथै संस्थाका अध्यक्ष ज्यु बाट केक काट्ने, शुभकामना आदानप्रदान तथा संस्थामा आउनु हुने सम्पूर्ण सदस्यहरुलाई मुख म...
Read More