…एकका लागि सवै सवैका लागि एक’ भन्ने सहकारीको मूल मंत्र हो । कुनै सदस्यलाई अप्ठेरो परेको बेला अरु सदस्यले सहयोगका निम्ति हात दिनु सहकारी भावना हो । यसै भावनाबाट प्रेरित भई यस सहकारी संस्थालेपनि सिन्धुपाल्चोकका बाढीपिडित दाजुभाई तथा दिदिबहिनीलाई राहत सहयोग गरेको छ ।
२०७८ असार १ गते, बर्षाको सुरुवात संगै सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती नदिमा गएको बढीपहिरोले ठूलो जनधनको क्षेति पु¥याएको छ । नदी ले आसपासमा बसोवास गर्ने कयौंको जनताहरुको घर जग्गा, वस्तुभाउ बगाएर ठुलो क्षेति पु¥याएको छ । नदि किनारामा बनाइएका होटल पर्यटनका लागि निर्मित ठूला ठूला भवनहरु ध्वस्त बनाएको छ । माछापालन व्यवसाय लगाएत कृर्षकहरुका कृषि उद्यमहरु पुर्ण रुपमा नष्ट गरेको छ । उक्त बाढीपहिरोको कहरले यस संस्थाका धेरै सदस्यहरु पनि प्रभावित भएकाछन् ।
यस संस्थाले संस्थाका लेखा समिति सदस्य श्री डा=केशवप्रसाद श्रेष्ठको पहलमा रु=२,०४,३६८/-संचालकहरुले व्यक्तिगत रुपमा सहयोग गरेको रु=३२,०६०/-संस्थामा कार्यरत कर्मचारीहरुले व्यक्तिगत रुपमा रु=५३००÷– र संस्थाको सदस्य तथा कर्मचारी विपत व्यवस्थापन कोषबाट रु=२५,०००÷– थप गरी जम्मा रु=२,६६,७२८/- रकम संकलन गरी बाढीपहिरोले बढि क्षेति पु¥याएको र संस्थामा आवद्ध सदस्यहरुको वसोबास रहेको सिन्धुपाल्चोकको हेलम्बु, पाँचपोखरी लगाएतको क्षेत्रमा रहेका कम्तिमा ५० घर परिबारलाई पुग्ने गरी त्रिपाल, ब्ल्याँकेट, खाध्यान्न लगाएत स्वास्थ सामग्रिको व्यवस्था गरी पाँचपोखरी थाङ्गपाल गा=वि=स=लाई हस्तान्तरण गरेको छ ।
राहत सामग्रि वितरणमा आवश्यक रकम व्यवस्थापनमा संस्थाका लेखा समिति सदस्य श्री डा=केशवप्रसाद श्रेष्ठ र प्रबन्ध संचालक श्री सुमनविक्रम थापा लगाएतको मुख्य भुमिका रहेको थियो भने राहत सामग्रिको व्यवस्थापनमा संचालक सदस्य श्री विष्णु बहादुर राउतले योगदान गर्नु भएको थियो । त्यसैगरी सामग्रि हस्तान्तरण गर्ने कार्यमा संस्थाका अध्यक्ष श्री बासुदेव घिमिरेको नेतृत्वमा संस्थाका सचिव श्री सागर प्रसाद बख्रेल, कोषाध्यक्ष श्री अर्जुन कार्की, संचालक सदस्य श्री किरण मोक्तान, सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य श्री श्रीहरी श्रेष्ठ बाढीपाहिरो प्रभावित क्षेत्रमानै पुगेर रहत सामग्रि हस्तान्तरण गर्नुभएको थियो । राहत सामग्रि काठमाडौंबाट प्रभावित क्षेत्र सम्म पु¥याउनको लागि समाजसेवी डली शाहले सहयोग गर्नु भएको थियो ।
नेपाली दाजुभाईलाई अपत पर्दा सबै मिलि सहयोग गर्ने नेपाली परम्परा अनुसार जुट्ने ज्ञानी नेपालीका सहयोगि हातहरुलाई नमन ।