अनलाइन भुक्तानी सेवा

यस संस्थाले सहकारी क्षेत्रमै नविनतम प्रविधीका माध्यमहरुलाई प्रयोग गर्दै सदस्य सेवा सम्बन्धी कार्यहरुलाई प्रभावकारी बनाउन प्रयासरत रहेको छ । संस्थामा उपलब्ध सेवाहरु पृथ्वीको जुनसुकै कुनामा पुगेको अवस्थमा समेत उपभोग गर्न सक्ने व्यवस्था गरेको छ ।
सदस्यहरुले जहाँसुकै वसेर आफ्नो नियमित वचत गर्न सक्दछन् । आफ्नो वचतको विधुतिय प्रविधीको प्रयोग गर्दै भुक्तानी लिन सक्दछन् । यस कार्यवाट सदस्यको सेवालाई थप प्रभावकारी बनाएको छ भने संस्था प्रतिको विश्वसनियतामापनि बृद्धि गरेको छ ।
दैनिक वचत संकलन गर्दा ट्यावलेटबाटै वचत गर्न सकिने र सोको दाखिला तुरुन्तै गर्न सकिने व्यवस्था छ ।
सदस्यहरुले मोवाइलबाटै आफ्ना सम्पुर्ण कारोवारहरु अध्ययन गर्न सजिलो होस भन्ने अभिप्रायले Hilltop junar Saccos नामको मोवाईल एप बनाई कार्यान्वयनमा ल्याएको छ । उक्त एप मार्फत सदस्यहरुले स्क्यान पे मार्फत एक सदस्यको खाताबात अर्को सदस्यको खातामा रकम आदान प्रदान गर्न, बैंकबाट संस्थाको खातामा वा संस्थाको खाताबाट बैंकमा रकम पठाउन, अन्तर सहकारी कारोवार गर्न, मोवाईल रिचार्ज गर्न, टेलिफोन, विधुत, खानेपानीको महसुल तिर्न, डाटा प्याक खरिद गर्न, डिसहोम तथा ईन्टरनेटको विल भुक्तानी गर्न, आफ्नो खाताको सम्पुर्ण विवरणहरु अध्ययन गर्न सकिने सुविधाहरु उपलब्ध गराइएको छ । त्यसैगरी रकम जम्मा गर्नको लागि ईसेवा र क्यूआर कोडको पनि व्यवस्था गरको छ । त्यसले सदस्यहरुलाई छिटो छरितो सेवा उपभोगको निम्ती सहज बनाएको छ ।