"सहकारी शिद्धान्तको अनुसरण गर्दै आधुनिक प्रविधिको प्रयोगबाट सदस्यहरुलाई गुणस्तरीय वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गर्ने"
Search
About Us
सहकारी सिद्धान्तमा आधारित रहेर हाम्रो समुदायमा रहेको स्रोत–साधन, पुँजी तथा वस्तुहरुलाई एकीकृत गरी सोही समाजमा अधिकतम उपभोग गरी उदाहरणीय रुपमा समाजको रुपान्तरण गर्न सकिन्छ र आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा समाजलाई नयाँ परिचय दिलाउन सकिन्छ भन्ने अभिप्रायका साथ यस हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.स्थापना भएको हो ।
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सवै सदस्यहरुका बीचमा एकताको भावनाको विकास गराउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समृद्ध, स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा टेवा पुर्याउन यस सहकारी संस्थाले नेपाल सरकारको डिभिजन सहकारी डिभिजन कार्यालय काठमाडौंबाट २०६६ साउन ३० गते दर्ता नं.२४६२मा दर्ता भई सहकारीको रुपमा कारोवार गर्न इजाजत प्राप्त गरेको समुदायमा आधारित सहकारी संस्था हो ।