सदस्य समृद्धिका लागि संस्थाले आफ्नो श्रोतलाई विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको छ । सदस्यहरुका उत्पादन खरिद गरी प्रशोधन गर्दै विक्रि वितरणको लागि तीनकुने काठमाडौं स्थित आफ्नै भवनबाटसहकारी उपभोक्ता पसल संचालनमा ल्याएको छ । उक्त सहकारी पसलबाट सदस्यहरुले आफ्ना उत्पादनहरु विक्रि वितरण गर्न सक्नेछन् । सहकारी पसलका अलावा संस्थाले सदस्यहरु संगै सहकार्य गरेर विभिन्न कृषि परियोजनाहरु समेत संचालनमा ल्याएको छ । उत्पादनको बजारीकरणको लागि सहकारी पसलका साथसाथै अनलाईन विक्रिवितरणको काम गर्नको लागि www.junarshop.com नामको वेवसायिट बनाई सदस्यहरुले अनलाइन मार्फत नै खरिद विक्रिको काम गर्न सक्ने व्यवस्था गरिएको छ ।
संस्थाले सहकारी पसलबाट विक्रिवितरणहुने बस्तुहरुको गुणस्तरलाई विशेष प्राथमिकता दिएको छ । सहकारी पसलमा उपभोक्ता सदस्यका दैनिक उपभोग्य वस्तुहरु उपलब्ध हुनेछन् ।
उक्त पसलमा उपलब्ध हुने सामानको उपभोग गरेबापत संस्थाका सदस्यहरुले विशेष छुट पाउने व्यवस्था गरिएको छ ।
सहकारी पसलमा दाल, चामल, मास, मस्याङ्ग, बाँसको तामा, घिउ, छुर्पी जस्ता केही उत्पादनहरु संस्था आफैले उत्पादन गरि विक्रिवितरणको लागि राखेको छ ।

सहकारी पसलमा उपलब्ध सामग्रिहरु सदस्य तथा उपभोक्ताहरुले घरमै बसेरपनि अर्डर गरि लिन सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि www.junarshop.com नामको वेवसायिटमा लगईन गर्नुपर्ने हुन्छ ।