सदस्यहरुका बिचमा छरिएर रहेको स–साना पूँजीलाई एकत्रित गरी जम्मा भएको पूँजी सदस्यहरुको आर्थिक, सामाजिक,साँस्कृतिक तथा प्राकृतिक विकासमा सघाउ पुर्याउन तथा तरलताको स्थिति मजबुत पार्न संस्थाले सदस्यहरुको लागि विभिन्न प्रकारका बचत योजनाहरु ल्याएको छ । उक्त वचत योजनाहरुमा सदस्यहरुले आफ्नो आवश्यक्ता र भविस्यको योजना अनुसार वचत गर्न सक्नेछन् ।
बिस्तृत जानकारीको लागि उत्पादन तथा सेवामा गई अध्ययन गर्न सक्नुहुने छ ।
बचत सेवा
Search
About Us
सहकारी सिद्धान्तमा आधारित रहेर हाम्रो समुदायमा रहेको स्रोत–साधन, पुँजी तथा वस्तुहरुलाई एकीकृत गरी सोही समाजमा अधिकतम उपभोग गरी उदाहरणीय रुपमा समाजको रुपान्तरण गर्न सकिन्छ र आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा समाजलाई नयाँ परिचय दिलाउन सकिन्छ भन्ने अभिप्रायका साथ यस हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.स्थापना भएको हो ।
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सवै सदस्यहरुका बीचमा एकताको भावनाको विकास गराउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समृद्ध, स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा टेवा पुर्याउन यस सहकारी संस्थाले नेपाल सरकारको डिभिजन सहकारी डिभिजन कार्यालय काठमाडौंबाट २०६६ साउन ३० गते दर्ता नं.२४६२मा दर्ता भई सहकारीको रुपमा कारोवार गर्न इजाजत प्राप्त गरेको समुदायमा आधारित सहकारी संस्था हो ।