सदस्यहरुलाई कारोवारको सहजताको लागि संस्थाले अनलाईन भुक्तानी सेवा संचालन गरेको छ । त्यसका लागि संस्थाले HILLTOP JUNAR नामको मोवाईल एप बनाई कार्यान्वयनमा ल्याएको छ । उक्त एप मार्फत सदस्यहरुले स्क्यान पे मार्फत एक सदस्यको खाताबात अर्को सदस्यको खातामा रकम आदान प्रदान गर्न, बैंकबाट संस्थाको खातामा वा संस्थाको खाताबाट बैंकमा रकम पठाउन, अन्तर सहकारी कारोवार गर्न, मोवाईल रिचार्ज गर्न, टेलिफोन, विधुत, खानेपानीको महसुल तिर्न, डाटा प्याक खरिद गर्न, डिसहोम तथा ईन्टरनेटको विल भुक्तानी गर्न, आफ्नो खाताको सम्पुर्ण विवरणहरु अध्ययन गर्न सकिने सुविधाहरु उपलब्ध गराइएको छ । त्यसैगरी रकम जम्मा गर्नको लागि ईसेवा र क्यूआर कोडको पनि व्यवस्था गरको छ । त्यसले सदस्यहरुलाई छिटो छरितो सेवा उपभोगको निम्ती सहज बनाएको छ ।