संस्थाले आफ्नो उद्देश्य अनुरुप लगानीलाई विविधीकरण गर्दै फरक फरक क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाले सिन्धुलीको गोलन्जोर गाउपालिका–५,हिर्दिङ्गमा स्थानिय व्यक्तिहरु, स्थानिय निकाय र सहकारी संस्थाको संयुक्त लगानीमा एकीकृत कृषि फार्म संचालनमा ल्याएको छ । एकीकृत परियोजना संचालनको क्रममा पहिलो चरणमा गाई पालन र दुध डेरी संचालनमा ल्याएको छ । हाल दुध डेरीबाट डगच्यू(कुकुरको खाना) र घिउ उत्पादन गर्दै आएको छ । डगच्यू विदेश निर्यात गर्दछ भने घिउ स्थानिय बजारमा विक्रिवितरण गर्दै आएको छ ।